default_image

8 years ago

March 22, 2018

वेष्ट इन्डिज विश्वकप क्रिकेटका लागि छनोट

183 views

0 Bookmark

जिम्बावे (एजेन्सी) – पूर्व विजेता वेष्ट इन्डिज आईसीसी एक दिवसीय विश्वकप क्रिकेटका लागि छनोट भएको छ । जिम्बावेमा जारी विश्वकप छनोटमा बुधबार स्कटल्याण्डलाई डकवर्थ एण्ड लुइसको आधारमा ५ रनले हराउँदै वेष्ट इन्डिजले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

सन् २०१९ मा हुने एक दिवसीय विश्वकप का लागि बुधवार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले ४८.४ ओभरमा अलआउट हुँदै १ सय ९८ रन बनाएको थियो । टोलीका लागि लागि इभिन लुइस र मार्लोन स्यामुयल्सले अर्धशतक पुरा गरेका थिए । लुइसले ६६ तथा स्यामुयल्सले ५१ रन बनाए । यस्तै कार्लोस ब्रेथवेटले २४ रन जोडे ।

जवाफमा स्कटल्याण्ड ३५.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनाउँदाको अवस्थामा वर्षा सुरु भएको थियो । बर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि डकवर्थको नियम अनुसार वेष्ट इन्डिज ५ रनले विजयी भएको थियो । स्कटल्याण्डलाई जित दिलाउने प्रयासमा रिची बेरिङटोनले ३३ तथा जर्ज मुन्सेले ३२ रन बनाएका थिए । हारसँगै स्कटल्याण्ड विश्वकपमा छनोट हुन असफल भएको छ ।

विश्व कप छनोटको सुपरसिक्समा रहेका अन्य चार टोली मध्ये तीन टोलीसँग अर्को वर्ष हुने विश्व कपका लागि स्थान सुरक्षित गर्ने अवसर रहेको छ । जसमा जिम्बावे, अफगानिस्तान र आयरल्याण्ड छन् । सोही विश्व कप छनोटको सुपर सिक्समा पुग्न असफल रहेपनि नेपाल चार वर्षका लागि एक दिवसिय मान्यता पाउँदै स्वदेश फर्किसकेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.