8 years ago
March 22, 2018
भैरहवा (हाम्रो खेलकुद)– लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवामा बिहीबार भएको फाइनलमा शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई ९ विकेटले हराउँदै खुकुरीले उपाधि जितेको हो ।
स्थानिय सिद्धार्थ रंगशालामा भएको खेलमा शंकरनगरले दिएको ८३ रनको सामान्य लक्ष्य खुकुरीले १३. ५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
उसका लागि शंकर रानाले नटआउट ५७ तथा मिर्नाल गुरुङले नटआउट १९ रनको योगदान दिए । शंकरनगरका तुलबहादुर थापाले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले १६.२ ओभरमा सबै विकेट गुमाई जम्मा ८२ रन बनाएको थियो । टोलीका लागि भीम सार्कीले ४९ तथा संदीप सुनारले २१ रन बनाए । खुकुरीका इकलाख अहम्मद र रमेश कुर्मीले समान ३ विकेट लिए । खुकुरीका इकलख अमम्मद म्यान अफ द फाइनल समेत भए ।
खुकुरीले उपाधिसहित ५० हजार र शंकरनगरले २५ हजार रुपैयाँ प्राप्त गर्यो । खुकुरीका साहव आलम म्यान अफ द सिरिज र बेष्ट बलर भए । सहावले १५ हजार रुपैयाँ प्राप्त गरे । बेष्ट ब्याट्सम्यान चुनिएका शंकरनगरका संदीप सुनारले ५ हजार रुपैयाँ प्राप्त गरे ।
रुपन्देही जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीका खेलाडीलाई जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्मा, नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सदस्य प्रेमकुमार सेन्चुरी, संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, खेलकुद विकास समिति सदस्य उमा अधिकारी, सगरमाथा इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवाली लगायतले पुरस्कृत गरे ।
अमेरिका निवासी विवेक बर्मा मुख्य प्रायोजक रहेको प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट कथ्था मिलले सहप्रायोजन गरेका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]