default_image

8 years ago

March 23, 2018

नेविसंघ बागलुङ र बुटवल धौलागिरी कपको सेमिफाइनलमा

140 views

0 Bookmark

अर्जुन कार्की

बागलुङ – धौलागिरी कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विद्यार्थी संघ बागलुङ र बुटवल युवा स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका खेलहरुमा नेविसंघ बागलुङले लेकसाइड क्रिकेट क्लब पोखरालाई ९ विकेट र बुटवल युवा स्पोर्टस् क्लबले रक ११ स्याङजालाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । नेविसंघले लेकसाइडलाई दिएको ५० रनको सामान्य लक्ष्य ४ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो ।

नेविसंघको लागि विजय विकले अवजित २५ रन र रविन जोशिले अवजित २० रनको योगदान दिएका थिए । लेकसाइडका लागि राजु तामाङले १ विकेट लिए । टस जितेर पहिले व्याटिङ गरेको लेकसाइडले १५ ओभर २ बलमा सबै विकेट गुमाएर ४९ रन बनाएको थियो । लेकसाइडका लागि ओपनर प्रेम गुरुङले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।

नेविसंघको लागि गणेश केसीले ४, रुपेश सिंहले ३, प्रविन वावरले २ र किसान खड्काले १ विकेट लिएका थिए । अर्को खेलमा आनन्द गुरुङले २९ र सिदार्थ अधिकारीले १९ रन बनाएपछि ७९ रनको लक्ष्य पछ्याएको बुटवल युवा स्पोर्टस् क्लब ५ विकेटले विजयी भएको हो । रक ११ स्याङ्जाको लागि धिरज शाहनी र विरु तामाङले समान २–२ र अशोक श्रेष्ठले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको स्याङजा बुटवलका बलर अमरजित सिंह खेलमा चम्किएपछि ९ ओभर २ बलमा ७८ रनमा समेटिएको थियो । स्याङ्जाका सुनिल गुरुङले २९ रन र विरु तामाङल २० रन बनाए पनि अन्य खेलाडी चल्न नसकेपछि टोली सामान्य योगफलमा समेटिएको थियो । बुटवलको लागि अमरजित सिंहले ३ ओभरमा ९ रन खर्चेर ६ विकेट हात पारे भने सिकन्दर यादवले ३ र इन्द्रदेव निशानले १ विकेट लिए ।

प्रतियोगितामा शनिबार राईजिङ क्रिकेट क्लब पोखरा विरुद्ध बागलुङ नगरपालिका–५ मालिका र आयोजक बागलुङ क्रिकेट क्लब (नीलो) विरुद्ध पोखरा क्रिकेट क्लब बीच हुने फ्युचर स्पोर्टस् क्लबका सचिव फडिन्द्र खड्काले जानकारी दिए ।

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्टमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै ‘म्यान अफ दि सिरिज’ले १० हजार, बेस्ट व्यटम्यान र बेस्ट बलरले जनहि ५–५ हजार प्राप्त गर्नेछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.