8 years ago
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल २) मा काठमाडौं गोल्डन्सबाट दुई भारतीय खेलाडी खेल्ने भएका छन् । शनिबारबाट सुरु हुने डिपिएलमा भारतीय जयकिसन कोल्सावा र सन्नी पटेलले खेल्ने डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
काठमाडौं गोल्डन्स गोल्डेनगेट एजुकसेन नेटवर्कको स्वामित्तमा रहेको टोली हो । जसको कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । गुजरातका कोल्सावाला विकेटकिपर ब्याट्सम्यान हुन् । भारतको रण जी ट्रफी खेलिसकेका उनले लिस्ट ए का ४ तथा फस्ट क्लासका ९ खेल खेलिसकेका छन् ।
त्यस्तै अर्का रण जी प्लेयर सन्नी पटेल राइट ह्यान्डेड ब्याट्सम्यान हुन् । उनले फस्ट क्लासका १३ तथा लिस्ट ए का १७ खेल खेलिसकेका छन् । चैत १७ देखि सुरु हुने डिपिएलमा ६ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]