default_image

8 years ago

March 24, 2018

धौलागिरी कप क्रिकेटको सेमिफाइनल समिकरण पुरा

104 views

0 Bookmark

अर्जुन कार्की

बागलुङ – बागलुङ बजारको बाङ्गेचौर खेल मैदानमा जारी पाँचौं धौलागिरी कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

शनिबार राईजिङ क्रिकेट एकेडेमीले बागलुङ नगरपालिका–५ मालिकालाई ४ विकेट र आयोजक बागलुङ क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई १ सय २८ रनले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेपछि समिकरण पुरा भएको हो । यस अगाडि नै नेपाल विद्यार्थी संघ र बुटवल युवा स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आइतबार राईजिङ क्रिकेट एकेडेमी विरुद्ध नेपाल विद्यार्थी संघ र बागलुङ क्रिकेट क्लब विरुद्ध बुटवल युवा स्पोर्टस् क्लब बीच सेमिफाइनलका खेल हुनेछन् ।

यस्तै आज भएको पहिलो खेलमा १ सय २ रनको लक्ष्य पछ्याएको राईजिङले मनोज कोइरालाको ३५ रन र मुक्ति यादवले अवजित २४ रनको योगदान दिएपछी ११ ओभरमा ६ विकेट गुमाएर विजयी भएको थियो । बलिङ तर्फ बा.न.पा–५ मालिकाका सुनिल जिसीले ५ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मालिकाले १८ ओभरमा १ सय १ रन बनाउँदा सबै विकेट गुमाएको थियो । मालिकाको लागि अनिल बोगटिले २० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ राईजिङका मुक्ति यादव र अमन रेग्मीले समान ३–३, अमृत गुरुङले २ र विनय भण्डारी र निर्मल क्षेत्रीले समान १–१ विकेट लिएका थिए ।

अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागलुङ क्रिकेट क्लबले ओपनर पुरन सिंह र युकि घाझीको अर्धशतकको मद्दतले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको थियो । बागलुङ क्रिकेट क्लबको लागि विक्कि गाजीले २४ बलमा ५८ रन बनाए भने पुरन सिंहल ३९ बलमा ६६ रन बनाएका थिए । बलिङतर्फ समिर शेनले ४, गोविन प्रधान र चन्द्रा गुरुङले २–२ र विष्णु प्रदान शर्माले १ विकेट लिएका थिए ।

२ सय ४५ रनको विशाल लक्ष्य पछ्याएर जवाफि ब्याटिङ गरेको पोखराले १५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रनमा समेटिएको थियो । पोखराको लागि प्रदिप राउतले २२ रन बनाउनु बाहेक अन्य खेलाडीहरु चल्न सकेनन् । बलिङ तर्फ बागलुङका प्रकाश सिंहले ३, किरण सिंह र महमद जुनदिबले समान २–२ र विक्रम सोव र विक्कि गाजीले १–१ विकेट लिएका थिए ।

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्मी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्यटम्यान र बेष्ट बलरले जनहि ५–५ हजार प्राप्त गर्नेछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.