default_image

8 years ago

March 25, 2018

अष्ट्रेलियन कप्तान स्थिमले पद छाडे

129 views

0 Bookmark

केप टाउन (एजेन्सी)– बल टेम्परिङ गरेको स्वीकार्दै अष्ट्रेलियन क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले पद छोडेका छन् । स्थिमसँगै उपकप्तान डेभिड वार्नर पनि पदबाट अलग भएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको बाँकी रहेको दुई दिनका लागि टिम पेन कप्तान नियुक्त भएका छन् । उनी अष्ट्रेलियन क्रिकेट टोलीको ४६ औं टेस्ट कप्तान बनेका छन् ।

अष्ट्रेलिया कप्तान र उप कप्तानको पद छाडेका स्टिभ स्थिम र डेभिड वार्नर (बायाँ) ।

पेनको कप्तानीमा स्थिम र वार्नर खेलाडीका रुपमा भने रहने बताइएको छ । क्रिकेट अष्ट्रेलियाका मुख्य कार्यकारी अधिकृत जेम्स सदरल्यान्डले भने,‘ स्थिम र वार्नरसँगको छलफलपछि उनीहरुले पद छाड्ने सहमती बनेको छ । टेष्ट जारी रहन्छ र यसबीचमा अनुसन्धान पनि जारी रहन्छ ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन शनिबार अष्ट्रेलियाका ओपनर क्यामन बेनक्राफ्टले बल टेम्परिङ गरेका थिए । तेस्रो दिनको खेलपछि कप्तान स्मिथले पनि बल टेम्परिङ गरेको स्वीकार गरेका छन् । घटनापछि अस्ट्रेलियन सरकारले क्रिकेट अष्ट्रेलियालाई स्थिमलाई कप्तानबाट हटाउन भनेको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले घटनाले आफु आश्चार्यमा पर्नुका साथै निराश भएको बताएका छन् ।

बेनक्राफ्टले खेलका दौरान ट्राउजरबाट पहेलो रंगको बस्तु निकालेको देखिएको थियो । अम्पायरले त्यसका बारेमा बेनक्राफ्टसँग सोधेका थिए । भिडियोमा उनी बलमा केहि लगाइरहेको देखिएको थियो । त्यसपछि उनले फेरि त्यो पहेलो बस्तु खल्तीमा राखेका थिए । बेनक्राफ्टले पछि त्यो पहेलो बस्तु टेप भएको स्वीकारेका थिए ।

स्थिमले फाइदा हुने अपेक्षाका साथ गरिएको स्वीकारेका छन् । ‘हामीले जे गर्यौं त्यसमा गर्व लागेको छैन,’स्थिमले भने,‘यसमा प्रशिक्षक सहभागी छैनन् । कप्तानका रुपमा अब यस्तो घटना दोहोरिने छैन ।’चौथो दिन आइतबारको खेल जारी रहँदा घरेलु टोली दक्षिण अफ्रिकाले ४ सय भन्दा बढी रनको अग्रता लिइसकेको छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.