default_image

8 years ago

March 25, 2018

बैंकर्स कप क्रिकेट हुने

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी इन्टरटेनमेन्टको आयोजनामा यो साता दि बैंकर्स कप सुपर एट क्रिकट प्रतियोगिता हुने भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताका १० टोलीको सहभागिता रहने आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगिता ७ ओभरको हुने आयोजकका अध्यक्ष विनायक विक्रम थापाले जानकारी गराए । अध्यक्ष थापाले आउटडोरमा पहिलोपटक सुपर ८ को खेल हुन लागेको बताए । सुपर ८ क्रिकेटमा एक खेलाडीले बढीमा दुई ओभर बलिङ गर्न पाउनेछन् ।

प्रतियोगिता चैत १५ देखि १७ गते सम्म हुनेछ । प्रतियोगिताको विजेताले अर्को संस्करणमा निशुल्क पाउने बताएको छ । प्रतियोगिताको लागि प्रवेश शुल्क ३० हजार राखिएको आयोजकले जनाएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.