default_image

8 years ago

March 25, 2018

‘नेपाली क्रिकेटलाई छिटो निकास देउ’

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले झन्डै दुई वर्षअघि निलम्बन गरेको थियो । निलम्बनकै अवस्थामा नेपालले केहि दिनअघि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको छ । यस्तोमा पनि क्यान विवाद समाधानको सम्भावना देखिएको छैन । कहिले सम्ममा नेपालको निलम्बन फुकुवा हुने यसै भन्न सकिने अवस्था पनि छैन । खेलाडीहरुको संस्था क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) को तेस्रो चुनावी साधारण सभापछि नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तानहरुले छिटो भन्दा छिटो क्रिकेट विवादको सामाधानका लागि आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा दायाँबाट क्रमश : पारस खड्का, विनोद दास, मनीषराज पाण्डे, पवन अग्रवाल, राजु खड्का र एलबी क्षेत्री । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद

पवन अग्रवाल (पूर्व कप्तान, नेपाली क्रिकेट टोली)
नेपाली क्रिकेट सञ्चालन गर्न ‘गभर्निङ बडी’ आवश्यक छ । अहिलेकै तरिकाले एक दिवसीय मान्यता जोगाउन गाह्रो छ । छिटोभन्दा छिटो हामीलाई ‘गभर्निङ बडी’ चाहिएको छ । सबैजना यसप्रति गम्भीरताको साथ लाग्नैपर्छ । क्यान नहुँदा अहिले नेपाली क्रिकेटको घरेलु संरचना शुन्यजस्तै भएको छ भने नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा अभिभावक विनै प्रतिस्पर्धा गर्नुपरेको दुर्भाग्य छ । एक दिवसिय मान्यतालाई जोगाई राख्न चुनौति छ ।

लेख बहादुर (एलबी) क्षेत्री (पूर्व कप्तान, नेपाली क्रिकेट टोली)
खेलाडीको संघर्ष पछिको प्राप्तिलाई जोगाई राख्न विवाद छिटो अन्त्य हुनुर्दछ । नेपाली क्रिकेटले हात पारेको सफलताले अभिभावकहरुले पनि आफ्ना बाल बच्चालाई क्रिकेट खेलाउन थालिसकेको अवस्था छ । सरोकारवाला निकाय मिलेर गयो भने, चारवर्ष ओडिआई मान्यता अझै लम्बिन पनि सक्छ ।

राजु खड्का (पूर्व कप्तान, नेपाली क्रिकेट टोली)
पहिले गौतम बुद्ध र सगरमाथाको देश भनेर नेपाल चिनिएको थियो । अहिले क्रिकेटले पनि नेपाललाई विश्वसामु चिनाएको छ । क्रिकेटलाई गभर्निङ गर्ने निकाय छिटो बनोस् भन्ने हाम्रो कामना हो । इगो र मनमुटावलाई हटाएर मिलेर जान सबैलाई आग्रह गर्दछु । नेपाली क्रिकेट इतिहास मात्रै नबनोस भन्ने कामना छ ।

विनोद दास (पूर्व कप्तान, नेपाली क्रिकेट टोली)
नेपाली क्रिकेटको इतिहास धेरै चिन्तित छ । अहिलेको क्यान कहिले अस्तित्वमा आउँछ भन्ने हो । नेपाली खेलाडीले नेतृत्व गर्न सक्दैन भन्ने होइन तर उहाँहरूलाई विश्वास छैन । हामीसँग मान्छेको कमी छैन, क्षमताको कमी छैन मात्र अवसरको कमी छ । क्रिकेटको २२ वर्षे इतिहासमा खेलाडी थोरै पाएको र बढी गुमाएको बताए ।

पारस खड्का ( कप्तान, नेपाली क्रिकेट टोली)
क्यानका निलम्बित क्यानका पदाधिकारीको व्यक्तिगत स्वार्थका कारण अहिलेसम्म आईसीसीले बनाएको विधान पारित हुन सकेको छैन । नेपाली क्रिकेटले पाएको सफलता खेलाडीले गरेको बलिदानकै उपज हो । तर, यहाँ स्वार्थको लोभमा नेपाली क्रिकेट दुर्भाग्यपूर्ण अवस्थामा पुगेको छ । कुनै व्यक्तिभन्दा पनि क्रिकेट मुख्य हुनुपर्ने अवस्थामा हामीले ओडीआई पाएका छौं । तर, अब पनि ओडीआईको बारेमा सोचेर अघि नबढ्ने हो भने नेपाली क्रिकेटमा हुनेवाला केही छैन ।

मनीषराज पाण्डे (अध्यक्ष, सिप्यान)
ओडीआई मान्यता पाएको यतिका दिन बितिसक्दा पनि सम्बन्धित निकायको चासो नुहुनु दुर्भाग्यपूर्ण हो । अझै पनि यही पाराले अघि बढ्ने हो भने, टि ट्वान्टी मान्याता पाएजस्तै ओडिआई पनि त्यतिकै खेर जान सक्ने खतरा छ । सधै यस्तो मौका आउदैन । सरोकारवाला निकाय अब मिल्नुको विकल्प छैन । सिप्यानको तर्फबाट दबाव दिनेछौं ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.