8 years ago
March 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट प्लेयर एसोसिएसन अप नेपाल (सिप्यान) को अध्यक्षमा मनीषराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् । पाण्डे यसअघिको समितिमा उपाध्यक्ष थिए ।
काठमाडौंमा आइतबार भएको सिप्यानको तेस्रो साधारणसभाले पाण्डेको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । पवन अग्रवाल निर्वतमान अध्यक्षका रुपमा समितिमा रहेका छन् ।
उपाध्यक्षद्वयमा राजु खड्का र सीता राना मगर निर्वाचित भएका छन् । महासचिवमा कप्तान पारस खड्काले निरन्तरता पाएका छन् । त्यस्तै सचिवमा राजु बस्न्यात निर्वा्चित भएका छन् ।
कोषाध्यक्षमा पृथु बास्कोटा चयन भएका छन् । यसअघि पनि उनी कोषाध्यक्ष थिए । त्यस्तै सदस्यहरूमा वसन्त शाही, दिपेन्द्र चौधरी, सुवास खकुरेल, सोमपाल कामी र करुणा भण्डारी रहेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]