8 years ago
March 26, 2018
अर्जुन कार्की
बागलुङ– आयोजक बागलुङ क्रिकेट क्लब र पोखराको राइजिङ क्रिकेट क्लब पाँचौ धौलागिरि कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार राइजिङले नेपाल विद्यार्थी संघ बागलुङलाई ४ विकेट र आयोजक बागलुङले बुटवल युवा स्पोर्टस् क्लबलाई १ सय १६ रनले हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।
राष्ट्रिय टोलीका सदस्य करण केसीको अविजित शतकको मद्दतमा राइजिङले नेविसंघलाई ४ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको नेविसंघले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ६१ रन बनाएको थियो । जवाफमा राइजिङको सुरुवात राम्रो हुन सकेन । तर पनि टोलीले ६ विकेटको नोक्सानीमा जितका लागि आवश्यक रन जोड्यो ।
पोखराका लागि सुरुवात सुखद हुन सकेन । लगातार विकेट पतन हुँदा अर्कोतर्फ ओपनर करणले मोर्चा सम्हाले । अविजित १ सय १० रन बनाउँदै करणले टोलीलाई जित दिलाए । ७३ बल खेलेका कारणले १२ छक्का र ५ चौका प्रहार गरे । कप्तान अमृत गुरुङले २३ रन जोडे । नेविसंघका प्रविण बाबरले ३ र अभिजित रोयले २ विकट लिए ।
त्यसअघि ओपनिङ ब्याट्सम्यानलाई सस्तैमा गुमाएरपछि दबाबमा परेको नेविसंघको मध्यक्रम पनि खासै चल्ने सकेन । सातौं नम्बरमा ब्याटिङ गर्न आएका अभिजित रोयले ३० रन जाडे । राइजिङ पोखराका अमृत गुरुङ, करण केसी, अमन रेग्मी, विनय भण्डारी र मुक्ति यादवले समान २ विकेट लिए ।
अर्को बुटवल युवालाई १ सय १६ रनले पराजित गर्दै आयोजक बागलुङ अन्तिम दुईमा पुगेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको बागलुङ ९ विकेट गुमाउँदै १ सय ६३ रन जोड्यो । टोलीका विक्की गाजीले २७ र पुरन सिंहले २६ रन बनाए । बुटवलका सिकन्दर यादवले ३ र याम क्षेत्री र अमरजित सिंहले समान २ विकेट लिए ।
१ सय ६४ रनको लक्ष्य पछ्याएको बुटवलका लागि पनि सुरुवात राम्रोभ एन । पहिलो ओभरमै दुई ब्याट्सम्यानलाई गुमाएको बुटवल सम्हालिन नसक्दा जम्मा ४७ रन जोड्दा अल आउट भएको थियो । टोलीका इन्द्रदेव निशानले सर्वाधिक १७ र सिद्धान्त अधिकारीले १२ रन बनाए । बागलुङका विक्रम सोबले ४, किरण सिंहले ३ र विक्की गाजीले २ विकेट लिए । फाइनल सोमबार हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]