8 years ago
March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी राष्ट्र भारतमा आयोजना हुने इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो क्लब दिल्ली डेयर डेभिल्सबाट आफूले खेल्ने अवसर पाए पनि वा नपाए पनि टोलीले भने जितिरहोस् भन्ने कामना गरेका छन् ।
दिल्ली जानुअघि राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सन्दिपले आइपिएल आफ्नो लागि नयाँ अध्याय भएको बताउँदै आफुले खेले पनि नखेलेपनि दिल्लीको जित हेर्न चाहेको बताएका हुन् । सन्दिप मंगलबार दिल्ली प्रस्थान गर्नेछन् । दिल्लीमा सन्दिपसहित टिमको प्रशिक्षण २९ र ३० मार्चमा हुनेछ ।
‘यो मेरो क्रिकेट करियरको सबैभन्दा ठुलो प्लेटफर्म हुनेछ । मैले आफुलाई प्रमाणित गर्ने उत्कृष्ट मौका पाएको छु । एक्साइटेड छु ।’ सन्दिपले भने, ‘यो मेरो लागि मात्र होइन नेपाली क्रिकेटको लागि पनि नयाँ अध्यायको सुरुवात हुनेछ । मैले यहाँ सिकेको कुरा नेपाली टिमको लागि प्रयोग गर्नेछु ।’
यस्तै सन्दिपले सिनियर दाईहरुसँग डिभिजन–५ देखि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा सम्मको एक हिस्सा हुन पाउँदा आफुलाई ज्यादै खुसी लागेको बताए । आइपिएलसम्म आइपुग्न पनि सिनियर दाइहरु र राष्ट्रिय टिमको हात रहेको भन्न उनले छुटाएनन् । सुरुवाती ११ मै खेल्ने सम्भावना कत्तिको छ भन्ने पत्रकारको जिज्ञासामा सन्दिपले प्रशिक्षणमा भर पर्ने बताए ।
‘टिम गेमअनुसार खेल्दा र टिमको निर्णयलाई पनि आफुले मान्नुपर्छ । सुरुवाती ११ मा पर्न व्यक्तिगत रुपमा मैले प्रशिक्षणमा राम्रो गर्न सक्नुपर्छ । टिमसँगै पनि तालमेल मिल्नुपर्छ ।’ सन्दिपले भने, ‘टिमको योजनालाई स्वीकार गर्नुपर्दछ । म खेलेपनि नखेलेपनि टिमले जितेको हेर्न चहान्छु । मैले राम्रो गरे नेपाली क्रिकेटलाई पनि राम्रो हुनेछ ।’
अर्काे प्रसङ्गमा सन्दिपले ‘हार्ड वर्क’ र भाग्यले पनि आफुलाई साथ दिएको बताए । ‘मलाई भाग्यले मात्र ‘फेवर’ गरेको भन्न मिल्दैन । मैले त्यही अनुसार पनि प्रशिक्षण गरेको छु । सजिलै तरिकाले राष्ट्रिय टिमको क्याम्पमा भने पर्न सफल भएको हुँ ।’ सन्दिपले भने, ‘हार्ड वर्क र भाग्यले एकपटक साथ दिएर भागयले साथ दिएको जस्तो देखिएको हो । मैले नेपालको लागि नखेलेको भए यहाँ सम्म आइपुग्ने थिइनँ ।’
१७ वर्षीय सन्दिप दुई वर्षअघि तत्कालिन राष्ट्रिय टिमको प्रशिक्षक पूबुदु दाशानायकेको नजरमा पर्दै सोझै राष्ट्रिय टिमको क्याम्पमा सामेल हुन पाएका थिए । त्यसयता उनी राष्ट्रिय क्रिकेट टिमको मुख्य सदस्यको रुपमा स्थापित भइसकेका छन् । सन्दिपलाई दिल्ली डेयरडेभिल्सले एक महिनाअघि अक्सनबाट २० लाख भारुमा आफ्नो टिममा अनुबन्धित गरेको थियो । एसोसिएट देशबाट यो सिजनको आइपिएल खेल्ने सन्दिप एक्लो खेलाडी हुन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]