8 years ago
April 2, 2018
धनगढी (हाम्रो खेलकुद)– काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ मा लगातार दोस्रो जित हासिल गरेको छ । काठमाडौंले सोमबारको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स ६३ रनले हराएको छ ।
रुपन्देहीको लगातार यो दोस्रो हार हो । टोली आइतबार सिवाईसी अत्तरियासँग ९ विकेटले पराजित भएको थियो । काठमाडौंले पहिलो खेलमा धनगढी टिम चौराहामाथि जित दर्ता गरेको थियो ।
एएसपी क्रिकेट मैदानमा १ सय ८७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १८.४ ओभरको सबै विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सकेको थियो । रुपन्देहीलाई लक्ष्यमा पुग्न दिनबाट काठमाडौंका रसिद खानले ४ विकेट लिएका थिए । २.४ ओभर बलिङ गरेका उनले मात्र ६ रन खर्चेका थिए ।
त्यस्तै ललितनारायण राजवंशीले ३, सहाब आलमले २ तथा सन्नी पटेलले १ विकेट लिएका थिए । रुपन्देहीका लागि ओपनर प्रदीप ऐरीले अर्धशतक पुरा गरेका थिए । सागर पुनले १८, दीपक प्रसादले १० रन जोडे भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रदीपले ४१ बल खेल्दै ५ छक्का र त्यत्तिनै चोकामा ५७ रन बनाएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले सामूहिक प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । टोलीका लागि सन्नीले सर्वाधिक अविजित ४८ रन बनाएका थिए । त्यस्तै नरेश बुढाएरले अविजित ३० रन जोडेपछि टोलीले ठूलो स्कोर खडा गरेको थियो ।
१९ बल खेलेका सन्नीले ५ चौका र ३ छक्का प्रहार गरे । नरेशले १८ बलमा २ छक्का र त्यत्तिनै चौका प्रहार गरे । ओपनर अमित श्रेष्ले ३० र अर्को ओपनर सुवोध भाटीले ४२ रन जोडे । २७ बल खेलेका अमितले २ छक्का र १ चौका प्रहार गरे । सुवोधले २५ बल खेल्दै ४ छक्का र ३ चौका प्रहार गरे ।
ज्ञानेन्द्र मल्लले रनआउट हुनुअघि २० र भूपेन्द्र थापाले १४ रन जोडे । रुपन्देहीका अमर राउटेला, विक्रम भुसाल र सुफायन महमुदले समान १ विकेट लिए । काठमाडौंका सन्नी खेलको म्यान अफ दी म्याच भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]