default_image

8 years ago

April 3, 2018

नेपालगन्ज कपको टिम अक्सन – जीसान बांके ब्लास्टर सबैभन्दा महंगो टोली

124 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– झन्डै दुई वर्षयता नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को प्रतिबन्ध छ । यहि बीचमा नेपाल एक दिवसिय राष्ट्रको मान्यता पाउन सफल भएको छ । झन्डै दुई वर्ष सिमित प्रतियोगिताबाहेक क्रिकेटको घरेलु संरचना लगभग शुन्यकै अवस्थामा छ ।

तर, यहि बीचमा यस्ता प्रतियोगिता भएका छन्, जसले नेपाली क्रिकेटलाई पुन जीवित बनाउने प्रयास भइरहेको छ । अहिले धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ सञ्चालन भइरहेको छ । केहि महिनाअघि काठमाडौंमा इपिएल हुँदा घरेलु क्रिकेटमा अहिले सम्मकै सर्वाधिक दर्शकले कीर्तिपुरमा क्रिकेटको मज्जा लिएका थिए ।

जनकपुरलगायतका सहरले पनि क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरिसकेको छ । रुपन्देहीमा नियमित क्रिकेट हुने गरेको छ । यहि क्रममा नेपालगन्जमा पनि क्रिकेटको माहौल सुरु हुने क्रममा रहेको छ । नेपालमा महिला क्रिकेटको सुरुवातको जस पाएको नेपालगन्जले पहिलो पटक अक्सनको पनि अनुभव बटुलेको छ ।

यसैत, बांके गर्मी जिल्लाको रुपमा रहेको छ । त्यसमाथि मंगलबार नेपालगन्जको माहोल अझ तातिmएको थियो । नेपालगन्जको सिद्र्धाथ कटेजमा कुन टिमले सबै भन्दा महंगो बोली पाउने र कुन टिममा सबैभन्दा बढी रकम बिडिंग गर्ने भन्ने कुराको चासो उपस्थित अतिथिहरुको बीचमा चासोको विषय थियो ।

नेपालगन्जमै पहिलो पटक गरिएको अक्सन कतिपय क्रिकेट प्रेमी,अतिथिहरुको लागि नौलो विषय पनि थियो । अक्सनमा विभिन्न पेशाका व्यतिmको उपस्थितिले अक्सन अझै रोमान्चक बनेको थियो । न्युनतम रकम ५० हजार रुपैयाँबाट सुरु भएको बिडिंगमा टिम खरिदका लागि अप्रत्याक्षित परिणाम आएको थियो ।

काठमाण्डौबाट टिम किन्न नेपालगन्ज पुगेका पाण्डा ईभेन्ट्सका प्रबन्ध निर्देशक तथा मालिक अर्जुन पाण्डेले सुरुमा अलमल परे पनि पछि भने बिडिंग रमाईलो भएको बताए । पूर्व क्रिकेटर दाङका रुपेश शर्माले यस वर्ष टिम अक्सनबाट नेपालगन्जको व्यवासाक्रिय क्रिकेट सुरु भएको र आउने वर्षमा खेलाडीकै अक्सनलाई प्राथमिकता दिन आयोजकलाई सुझाव दिए । आयोजक ग्रीन ईभेन्टोले पहिलो पटक प्रदेश नम्बर ५ मा आयोजना गरेको अक्सनले क्रिकेट क्रेज अझै बढेर जाने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले विश्वास व्यक्त गरे ।

जीसान बांके ब्लास्टर बन्यो नेपालगन्ज कपको महंगो टिम

नेपालगन्ज कपको अक्सनमा सर्वाधिक महंगो टिम जिसान बांके ब्लास्टर बनेको छ । नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी महेश क्षेत्रीको कप्तानीमा रहेको जिसान बांके ब्लास्टरका लागि सर्वाधिक बिडिंग लागेको थियो । न्युनतम ५० हजार रुपैयाँबाट सुरु भएको बिडिंगमा बांके ब्लासटर २ लाख ४० हजार रुपैयाँमा जिसानले बाजी मारेको थियो ।

त्यस्तै सबैभन्दा लामो बिडिंग पनि जीसान बांके ब्लास्टरकै लागि लागेको थियो । त्यसै गरि बर्दिया टाईर्गसलाई अर्घखाचीले किनेको छ । सबैभन्दा पहिलो बिडिंग अर्घखाची बर्दिया टाईर्गसबाट सुरु भएको थियो । अर्घखाची बर्दिया टाईर्गसका कप्तान सुवेन्दु पाण्डे रहेका छन् । सौरभ खनालको कप्तानीमा रहेको रोल्पा गोरिल्लाजलाई मध्य पश्चिम क्रिकेट क्लबले किनेको छ ।

मध्य पश्चिम गोर्खा गोरिल्लाज बनेको छ । एयाबरोल लुम्बिनी यात्रीजका लागि पनि रोमान्चक बिडिंग लागेको थियो । एयाबरोल लुम्बिनी यात्रीजका कप्तान कृष्ण कार्की रहेका छन् । अर्जुन पाण्डेले दंगाली गोर्खाजलाई आफनोे बनाएका छन् । दंगाली गोर्खाजका कप्तान अमर सिंह रौटेला रहेका छन् । आर्शिवाद पेन्ट्स पाल्पा योद्दाज संग अनुबन्ध बनेको छ ।

आर्शिवाद पेन्ट्स पाल्पा योद्दाजका कप्तान सिद्धान्त राज शाही रहेका छन् । नेपालगन्ज कप यहि आउदो बैशाख ३ गतेबाट १२ गते सम्म प्रस्तावित कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुदै छ । ग्रीन ईभेन्टो प्रा.लि का प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले टिम अक्सन सोचे भन्दा निकै राम्रो भएको बताए ।

अक्सनमा टिम खरिद गरेपछि टोलीले बाँकी खर्च गर्नुनपर्ने बताइएको छ । प्रतियोगिताका दौरान खेलाडीको रहने बस्ने र यातायात खर्चको व्यवस्था आयोजकले नै गर्ने बताएको छ । टिम अक्सने प्रदेशमा क्रिकेटको आकर्षण बढ्ने विश्वास प्रतियोगिताका ईभेन्ट डाईरेक्टर सौगात विक्रम शाहले राखे । प्रतियोगिताको विजेताले १ लाख १० हजार र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

अक्समा राष्ट्रिय खेलकुद परिषदका केन्दि«य सदस्य विनोद मैनाली,मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओली,बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा,राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान लेख बहादुर क्षेत्र लगायतको उपस्थिति थियो ।

नेपालगन्ज कपको टिम अक्सनले पाएको टिम

टिम                                                                  खरिद रकम
१.एयाब्रोल लुम्बिनी यात्रीज                        १ लाख ५० हजार रुपैयाँ

२.आर्शिवाद पेन्ट्स पाल्पा योद्दाज              १ लाख १० हजार रुपैयाँ

३.अर्घखाची बर्दिया टाईर्गस                       १ लाख ७० हजार रुपैयाँ

४.दंगाली गोर्खाज (अर्जुन पाण्डे)                 १ लाख ३० हजार रुपैयाँ

५.मध्य पश्चिम क्लब रोल्पा गोरिल्लाज          १ लाख ३० हजार रुपैयाँ

६.जिसान बांके ब्लास्टर                              २ लाख ४० हजार रुपैयाँ

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.