8 years ago
April 4, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका कप्तानसमेत पारस खड्काको कप्तानीमा रहेको विरानगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ मा पहिलो जित निकालेको छ । अञ्चल प्रहरी कार्यालय एसएसपी मैदानमा बुधबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
विराटनगर आफ्नो पहिलो खेलमा महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको थियो । रुपन्देहीको भने यो तेस्रो हार हो । विराटनगरले दिएको १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनमात्र बनाउन सक्यो । रुपन्देहीका ओपनर प्रदिप ऐरीले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा टोली पराजित हुन पुग्यो ।
दीपक प्रसादले २२ रन जोडे । यस्तै कप्तान शक्ति गौचन र सुसन भारीले आठौं विकेटको लागि अन्तिम चार ओभरमा ३५ रनको साझेदारी गरेपनि टिमलाई जिताउन सकेनन् । शक्ति १४ रनमा तथा सुसन २१ रनमा अविजित रहे । ९ बल खेलेका सुसनले २ छक्का र १ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विराटनगरका शुभम कामत एक्लैले ४ विकेट लिए । रामनरेश गिरीले २ र पारसले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रनको विशाल योगफल तयार पारेको थियो । विराटनगरका लागि हङकङका कप्तानसमेत रहेका बाबर हायातले अर्धशतकीय इनिङ्स खेलेका थिए । बाबरले ३५ बलको सामना गर्दै ५८ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे । ओपनर दीलिप नाथले ४३ रन जोडे । ३७ बलको सामना गरेका उनले १ छक्का र ६ चौका प्रहार गरे ।
अर्का ओपनर अनिल कुमार साहले २५ बलमा ३ चौका र ३ छक्को मद्दतमा ३६ रन बनाए । पारस २२ तथा सौरभ खनाल १७ रनमा नटआउट रहे । रुपेन्देहीका सुफायन मुहम्मदले २ तथा जितेन्द्र मुखिया र सागर पुनले १ विकेट लिए । काठमाडौंका बाबर खेलको म्यान अफ दी म्याच चुनिए । लगातार तेस्रो हार बेहोरेपछि रुपन्देहीको प्ले अफ सम्भावना लगभग समाप्त भएको छ । दुई खेलमध्ये पहिलो जित निकालेको विराटनगरले भने प्ले अफ सम्भावना जीवितै राखेको छ ।
प्रतियोगिता अन्र्तगत आजको दोस्रो खेलमा लिगको शीर्ष स्थानमा रहेको काठमाडौं गोल्डेन्स र सिवाइसी अत्तरिया खेल्दैछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]