8 years ago
April 7, 2018
धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान डिपिएल–२ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको पहिलो खेल वर्षाले जमेको पानीका कारण रद्द भएको छ । शुक्रबार राति परेको हावाहुरीसहितको वर्षाका कारण महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल प्रभावित भएको हो । यि दुई टोलिले १-१ अंक बाढे पछि महेन्द्रनगर युनाइटेड प्रतियोगितामा प्ले-अफ प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
शुक्रबार राति परेको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल हुन नसकेको हो । मैदानमा बिहानैदेखि पानी सुकाउने क्रम जारी रहेपनि खेल खेलाउन योग्य हुन सकेन ।
धनगढी टिम चौराहा र विराटनगर किङ्सपनि प्ले अफ नजिक छ । टिम चौराहा धनगढी र प्रतियोगिताबाट बाहिरिसकेको रुपन्देहीबीचको दोस्रो खेल पनि समयमा सुरुआत हुने सम्भावना न्युन छ । यस खेलमा जित हात पारेमा चौराहा प्लेअफमा पुग्नेछ भने पराजित भएमा अन्य टोलीको नतिजा कुर्नुपर्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]