default_image

8 years ago

April 18, 2018

आइपिएलमा कोलकाताको तेस्रो जित , राजस्थानको हार

122 views

0 Bookmark

जयपुर (एजेन्सी)– कप्तान दीनेश कात्र्तिक र नितिश रानाले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार कोलकाता नाइट राइजर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ ।

आइपिएलको पाँचौं खेलमा कोलकाताको यो दोस्रो जित हो । समान ६ अंक भएपनि सनराइजर्स हैदरावादलाई पछि पार्दै कोलकाता शीर्षस्थानमा उक्लेको छ । कोलाकाताले भन्दा हैदरावादले २ खेल कम खेलेको छ । राजस्थानको भने चौथो खेलमा यो दोस्रो हार हो ।

१ सय ६१ रनको लक्ष्य पछ्याएको कोलकाताले ७ बल अघि नै ३ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो । कार्तिकले २३ बलमा २ चौका र २ छक्काको मद्दतमा अविजित ४२ रन बनाए । त्यस्तै २७ बल खेलेका नितिशले २ चौका र १ छक्कासहित अविजित ३५ रन जोडे ।

ओपनर सुनिल नारिनले ३५ रन बनाउँदा अर्का ओपन क्रिस लेन रनको खाता खोल्न नसक्दै आउट भए । रविन उथप्पाले ४८ रनको यादान गरे । ३६ बल खेलेको उथप्पाले ६ चौका र २ छक्का प्रहार गरे । राजस्थानका क्रिस्नप्पा गोथमले २ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । अजिन्के राहाने र डीर्सी सर्ट ले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । राहानेले १९ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाए । सर्टले ४३ बल खेल्दै ५ चौका र १ छक्काका साथ ४४ रन जोडे ।

जस बटरले १८ बलमा २ चौकाको मद्दतमा अविजित २४ रन बटुले । राहुल त्रिपाठीले १५, बेन स्टोक्सले १४ र क्रिस्नप्पा गौथमले १२ रन बनाए । कोलकाताका लागि निनिश राना र टम कर्रनले समान २ तथा पियुष चावला, कुलदीप यादव र शिवम माभीले समान १ विकेट लिए । कोलकाताका नितिन राना खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । आइपिएलमा बिहीबार किङ्स ११ पञ्जाब र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.