8 years ago
April 27, 2018
हैदराबाद (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार किङ्स ११ पञ्जाबलाई १३ रनले हराएको छ । ७ मध्ये ५ खेल जितेको हैदराबादको १० अंक साथ दोस्रो स्थानमा उक्लेको छ । ६ खेलमा चेन्नई सुपर किङ्स र ७ खेलमा पञ्जाबको पनि समान १० अंक छ । चेन्नई शीर्ष र पञ्जाब तेस्रो स्थानमा छ ।
१ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाए ।
करुन नायरले १३ र मयंक अग्रवालले १२ रन बनाएका थिए । हैदाराबादका लागि रसिद खानले ३ , सकिब, सन्दीप शर्मा र बसिल थम्पीले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले मनीष पाण्डेको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । मनीषले ५४ रनको योगदान गरे ।
सकिब अल हसनले २८, युसुफ पठानले अविजित २१ र शिखर धवनले ११ रन बनाएका थिए । मनीषले ५१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए । सकिबले ३९ बलमा ३ चौका प्रहार गरे ।
त्यस्तै १९ बल खेलेका युसुफले १ चौका र १ छक्का प्रहार गरे । पञ्जाबका लागि अंकित राजपुलले ५ विकेट लिए । ४ ओभरमा उनले १४ रन खर्चेका थिए । मुजिब उर रहमानले १ विकेट लिए ।
आइपिएलमा शुक्रबार दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्लीले खराब प्रदर्शन गरिरहेको छ ।
६ खेलमा १ खेलमा जित र बाँकी सबै खेल गुमाएको दिल्ली २ अंकसहित पुछारमा छ । सन्दीपले पछिल्ला ६ खेलमा खेल्न अवसर पाएका छैनन् । कोलकाता ६ खेलमा ३ जितका साथ चौथो स्थानमा रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]