default_image

8 years ago

April 29, 2018

आइपिएल – जितसँगै हैदराबाद शिर्षस्थानमा

168 views

0 Bookmark

जयपुर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा छैटौं जित दर्ता गर्दै सनराइजर्स हैदराबाद शिर्षस्थानमा उक्लेको छ। राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्दै हैदराबादले ८ खेलमा ६ जित हासिल गरेको हो। 

hydrabad

हैदराबादको जितमा कप्तान केन विलियम्सनले ‘म्यान अफ दी म्याच’ पारी खेले। टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै बनाएको १ सय ५१ रन रक्षा गरेको हो। विलियम्सनले ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए। त्यस्तै एलेक्स हेल्सले ४५ रनको योगदान दिए। बलिङ्गतर्फ राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए।

१ सय ५२ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १ सय ४० रन मात्र बनायो। ओपनर अजिन्क्या रहाने खेलको अन्तिम समयसम्म नट-आउट रहेपनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ६५ रन बनाए। विजयी टोली हैदराबादका सिद्धार्थ कौलले कसिलो बलिङ्ग गरे। उनले ४ ओभरमा २३ रनमात्र खर्चिदै २ विकेट लिए।

राजस्थानको यो ७ खेलमा चौथो हार हो। आजको दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन्।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.