default_image

8 years ago

May 27, 2018

रोहितको विस्फोटक ब्याटिङमा एपिएफलाई सहज जित

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रदेश नं ४ लाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा मिडल अर्डरमा रोहित कुमार पौडेल र पृथु बास्कोटाबीचको राम्रो साझेदारीले एपिएफलाई प्रभावशाली जित दिलायो।

Rohit paudel

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

२ सय ४० रनको लक्ष्य पछ्याएको एपिएफले ४ विकेट गुमाउँदै ३६.३ ओभरमा लक्ष्य पार गर्यो । रोहितले ४१ बलमा ७३ रन बनाउँदै एपिएफको जित सहज बनाए । पहिलो ४ ओभरमा १३ रनमा आसिख शेख र अनिल कुमार शाह आउट भएपछि दबाब महसुस गरेको एपिएफ सुबास खकुरेल र प्रदिप ऐरीबीचको साझेदारीमा सम्हालिएको थियो । सुबासले ४८ रन तथा प्रदिपले ३७ रन बनाए ।

मिडल अर्डरमा सम्हालिदै ब्याटिङ गरेका पृथुले ६१ बलमा ५३ रन बनाए । उनलाई साथ दिएका रोहित विष्फोटक इनिङ्स खेल्दै १० चौका र ३ छक्कको मद्दतले ७३ रन बनाए । पृथु र रोहित अवजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं ४ ले हरी चौहानको ५७ रन र कप्तान बिधान श्रेष्ठको ४३ रनको मद्दतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनाउन सफल भएको थियो । एपिएफका कमल सिंह ऐरीले ३ तथा अमर सिंह राउटेलाले २ विकेट लिए।

आजै मुलपानी क्रिकेट रंगशालामा भएको अर्को खेलमा प्रदेश नं. ७ ले नं. ६ लाई ४८ रनले पराजित गर्यो । कम योगफलको उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश नं. ७ ले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय २५ रन बनायो । प्रदेश ७ का लागि सञ्जु धामीले ५४ तथा सुरेन्द्र चन्दले २४ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडेनन् । टेक सलामीले प्रदेश ६ का लागि सर्वाधिक ५ विकेट लिए ।

शेर मल्लको ५ विकेटको मद्दतमा प्रदेश नं. ७ १ सय २५ रनको सानो लक्ष्य रक्षा गर्न सफल भयो । प्रदेश ६ का लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक २९ रन तथा दिवन पुनले १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन असफल भएका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.