default_image

8 years ago

June 11, 2018

स्कटल्यान्डले इंग्ल्यान्डलाई हरायो

116 views

0 Bookmark

एडिनब्र (एजेन्सी) – छिमेकी राष्ट्र इंग्ल्यान्ड र स्कटल्यान्डबिच भएको एकमात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा स्कटल्यान्ड ६ रनले विजयी भएको छ । ३ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ७ बल बाँकी छँदै अलआउट भएपछि स्कटिस टोली विजयी भएको हो ।

पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले क्यालम म्याकलियोडको नटआउट शतकको मदतले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ७१ रनको विशाल योगफल खडा गरेको थियो । म्याकलियोडले ९४ बलमा १६ चौका र ३ छक्कासहित १ सय ४० रन बनाए । कप्तान काइल कोट्जरले ५८ र ग्रेग मुन्सीले ५५ रनको अर्धशतकिय पारी खेल्दै टोलीको योगफल बढाएका थिए ।

जवाफमा इंग्ल्यान्डले राम्रो सुरुआत लिएपनि ४९ औं ओभरमा अलआउट भयो । जोनी बेरस्टोले ५९ बलमा १ सय ५ रन जोड्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । मध्यक्रमका ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली पराजित हुन पुग्यो । जेसन रोय (३४), एलेक्स हेल्स (५२), मोइन आली (४६) र लियाम प्लंकेट (४७ नटआउट) बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् । स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.