default_image

7 years ago

July 13, 2018

भारतको सहज जित- ब्याटिङमा रोहित र बलिङमा कुलदीपको उच्च प्रदर्शन

144 views

0 Bookmark

नटिङघम (एजेन्सी)– भारतले पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डलाई ८ विकेटले हराएको छ । २ सय ६९ रनको विजय लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्माले अविजित शतक बनाएपछि टोलीले सहज जित हासिल गरेको थियो । ४०.१ ओभरमा मात्र २ विकेट गुमाउँदै भारतले २ सय ६९ रनको लक्ष्य पुरा गरेको थियो ।

ओपनर रोहित शर्मा १ सय १४ बलमा १ सय ३७ रनमा अविजित रहे । रोहितले १५ चौका र ४ छक्का प्रहार गरे । रोहितले दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग १ सय ६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ८२ बल खेलेका कोहलीले ७ चौकासहित ७५ रन जोडे ।

त्यसअघि रोहितले पहिलो विकेटका लागि शिखर धवनसँग ५९ रनको साझेदारी गरे । २७ बल खेल्दै धवनले ८ चौकाका साथ ४० रन बटुले । केएल राहुल ९ रनमा अविजित रहे । घरेलु टोलीका लागि मोइन अली र अदिल रसिदले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरको खेलमा १ बल अघि सबै विकेट गुमाउँदै २ सय ६८ रन बनाएका थियो । घरेलु टोलीका लागि बेन स्टोक्स र जोस बटलरले अर्धशतक पुरा गरेका थिए । स्टोक्सले १ सय ३ बल खेल्दै २ चौकाका साथ ५० रन बनाए भने बटलरले ५१ बलमा ५ चौकासहित ५३ रन जोडे ।

ओपनर जसन रोय र जोनी ब्रेनस्टोले समान ३८ रन जोडेका थिए । मोइन अलीले २४, इयोन मोर्गानले १९ रन जोडे । भारतका लागि कुलदिप यादवले उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका कुलदिपले २५ रन खर्चेका थिए । उमेश यादवले २ र सिद्धार्थ काउलले १ विकेट लिएका थिए । ३ एक दिवसिय श्रृखंलामा भारतले १–० को अग्रता लिएको छ । यी दुई बीचको दोस्रो एक दिवसिय शनिबार हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.