7 years ago
August 9, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसिया कप छनोटका नेपालले १९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । जसमा राष्ट्रिय टोलीका नियमित सदस्य शरद भेषावकर भने छैनन् । नेदरल्यान्ड्विरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा औलामा चोट लागेपछि शरद मैदान बाहिर रहेका छन् । जसका कारण उनले दोस्रो खेल पनि गुमाएका थिए ।
मलेसियामा हुने एसिया कप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको समितिले बिहिबार १९ खेलाडीलाई बन्द प्रशिक्षणमा डोकेको छ ।
मंगलबारबाट सुरु हुने प्रशिक्षणमा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्लसहित बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी रहेका छन् ।
त्यस्तै आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कार्मी, सुवास खकुरेल, सुनिल धमाला र सुशन भारी टोलीमा समेटिएका छन् ।
१९ खेलाडीबाट एसिया कप छनोटका लागि १५ खेलाडीको अन्तिम नामवाली घोषणा हुने बताइएको छ । एसिया कप छनोट अगस्ट अन्तिममा हुनेछ । त्यसअघि टोलीले अन्तिम तयारी र तीन अभ्यास खेलका लागि श्रीलंका भ्रमण गर्ने बताइएको छ । क्रिकेट टोलीलाई ब्याटिङ प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व देसाई अर्को साता नेपाल आउने भएका छन् ।
छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ । त्यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्दैछ । उपाधि विजेता टोली भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ ।
नेपालले त्यसपछि आयोजक मलेसियासंग सेप्टेम्बर १, सिंगापुरसँग सेप्टेम्बर २ र हङकङसँग सेप्टम्बर ४ मा प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् ।
छनोटको विजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट भइ जाने एक टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछ । एसिया कप भदौं ३० गतेबाट असोज १० गतेसम्म युएईंमा हुदैछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]