7 years ago
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पराजित भएको छ । शुक्रबार बिहान भएको पहिलो खेलमा सन्दीपको टिम प्याट्रियट्स गुयाना अमेजन वारिवर्ससँग ६ विकेटले पराजित भएको हो ।
प्याट्रियट्सले दिएको १ सय ४७ रनको लक्ष्य वारिवर्सले १६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा ग¥यो । वारिवर्सको जितमा शिमरोन हेटम्येरले अविजित ७९ रन जोड्दा कृष ग्रीनले अविजिन २५ रनको योगदान दिए । जासन मोहमेदले १६ रन जोड्दा कप्तान सोयब मल्लिकले १४ रन जोडे । प्याट्रियट्सका लागि सेल्डोन कोट्रेल र सन्दीप लामिछानेले समान २ विकेट लिए ।
सिपीएल क्रिकेटमा डेब्यु गरेका सन्दीपले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिएपनि टिमलाई जिताउन सकेन । सन्दीपले वारीवर्सका चाडविक वाल्टन र जासन मोहमेदलाई आउट गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्याट्रियट्सले ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो । प्याट्रियट्सका कप्तान क्रिस गेलले ८६ रन जोड्दा टम कोपर र बेन कटिङले समान १५ रन जोडे । वारिवर्सका किमो पाउलले २ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]