7 years ago
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सक्रिय खेल जीवन पछि क्रिकेट व्यवस्थापनमा जाने योजना रहेको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताएका छन् । क्रिकेटकै कारण आफु यो स्थानमा आएको उल्लेख गर्दै पारसले डिस होम एक्सन स्पोर्टस्को फेयर प्लेलाई दिएको अन्तवार्तामा भनेका छन्, ‘ सायद म क्रिकेटमा हुन्नथे भने आज यो अवस्थामा नहुन सक्थे । त्यसैले मैले जानेको क्रिकेट नै हो । भविष्यमा क्रिकेटमा व्यवस्थापनमा जाने इच्छा छ । निर्वाचन प्रक्रियाबाट जाने म प्रयास गर्नुछु । त्यसको लागि अध्यक्ष नै हुनुपर्छ भन्ने छैन । टिममा बसेर काम गर्न इच्छुक छु । ‘
क्रिकेट खेलाडी संघका महासचिवका रुपमा समेत क्रियासिल पारस क्रिकेट छनोट समितिका पनि सदस्य हुन् । यति धेरै जिम्मेवारी लिदा विवाद र आलोचनको डर हुन्न भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘दबाब हुन्छ । खेलाडी छनोट गर्न आफैमा सजिलो काम होइन । तर, जति राम्रो खेलाडी भएपनि सबैलाई एकै पटक राख्न सकिन्न । जिम्मेवारी लिएपछि त्यसलाई पुरा गर्नुपर्ने हुन्छ । मैले आफ्नो लागि होइन टोलीका लागि निर्णय लिने हो ।’
उनले आफु आलोचनबाट पनि कहिले विचलिन नहुने बताएका छन् । उनले थपे’आलोचना स्वभाविक हो । मेरो व्यक्तिगत र पेशागत इतिहासलाई जसले पनि हेर्न सक्नु हुन्छ । मलाई केहि डर छैन । किनकी मैले केहि गलत गरेको छैन । हामी क्रिकेट खेलाडीको एउटा मात्र नियत भनेको क्रिकेटको विकास हो ।’ नेदरल्यान्ड्सविरुद्धको एक दिवसिय श्रृखंलाको दोस्रो खेलमा अन्तिम समयमा निकालेको जितलाई सुनाउदा निकै उत्साहित रुपमा प्रस्तुत भएका पारसले यसपटक विगतमा भन्दा दबाब कम रहेको बताए ।
‘यसअघि हामी अगाडी बढ्ने सपना र पछि परिन्छ की भन्ने चिन्ता हुन्थ्यो । यो पटक फरक रह्यो । केहि इमोसनल पनि थियौं । हामी पहिलो पटक एक दिवसिय खेल्दै थियौं । अर्को कम्तीमा अब चार वर्ष एक दिवसिय मान्यता राष्ट्र भएकोले घटुवा हुनुपर्छ भन्ने डर थिएन । शक्ति (दाई) गौचनको अन्तिम भ्रमण भएकाले पनि हामीलाई अलिक विशेष लागेको थियो ।’
पारसले आइसीसीले पाँच सदस्यीय अनुगमन समिति बनाएकोले अब केहि महिनामा विवाद समाधान हुने आशा पनि व्यक्त गरे । उनले सबै चित नयाँ ढंगले अघि बढ्नु पर्ने र त्यसका लागि सबै जिल्लाको निर्वाचन पुनः हुनुपर्नेमा जोड दिएका छन् । उनले क्यानको साधारण सदस्यका लागि मापदण्ड पुगेका सबैलाई निर्वाचनमा सक्रिय सहभागि भइ आफ्नो मतको प्रयोग गर्न पनि आग्रह गरेका छन् ।
पारससँगको अन्र्तवार्ता डिस होम एक्सन स्पोर्टस च्यानलसको फेयर प्ले कार्यक्रम शनिबार साँझ ८ः०० बजे प्रसारण हुनेछ ।
https://www.facebook.com/actionsportsnepal/videos/689014331457725/
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]