7 years ago
August 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एण्डनेभिस प्याट्रियट्सले क्यारेवियन प्रिमियर लिग (सीपीएल) पहिलो जित निकालेको छ । आज बिहामन भएको खेलमा सेन्ट किट्सले ट्रिनबागो नाइट राइडर्सलाई ४२ रनले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।
यसअघि सेन्ट किट्स एण्डनेभिस प्याट्रियट्स आफ्नो पहिलो खेलमा गुयना अमेजन वारिवर्ससँग ६ विकेटले पराजित भएको थियो । सेन्ट किट्स एण्डनेभिस प्याट्रियट्सले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रनमात्र बनाउन सक्यो ।
उसका लागि कोलिन मुनरोले ३५, डरेन ब्राभोले ४१ र केभिन कुपरले अविजित ४२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । सन्दिप लामिछानेले १ विकेट लिए । उनले ट्रिनबागोा ओपनर क्रिश लिनलाई बोल्ड गरेका थिए । आठौं ओभरमा उनले ३ रन मात्र खर्चिए । सन्दिपले ३ ओभरमा १७ रन खर्चिएर १ विकेट लिए ।
कार्लोस ब्रेथवेइटे, बेन कटिंग र जेरेमी लुइसले समान २विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रनको योगफल बनाएको थियो । उसका लागि डेभोन थोमसले सर्वाधक ५८ रन बनाए । कप्तान तथा ओपनर क्रिश गोलले ३५ रन बनाए । कार्लोस ब्रेथवेइटेले ४१ रन बनाए । बेन कटिंगले पनि अविजित २५ रन बनाए । ट्रिनबागका अली खानले ३ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]