default_image

7 years ago

August 12, 2018

क्यानको विधान अनुरुप गठित स्वतन्त्र समितिको बैठक भोली बस्दै

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को संसोधित विधान अनुसार नयाँ प्रक्रिया कसरी थाल्ने भन्ने विषयमा छलफल गर्न पाँच सदस्यीय स्वतन्त्र कमिटीको बैठक सोमबार राजधानीमा सुरु हुँदैछ । क्यानको संसोधित विधान अनुसार पाँच सदस्यीय स्वतन्त्रण समिति गठन भएको हो ।आइसीसीको निर्देशन अनुसार बैशाखमा बसेको साधारण सभाले जस्ताको तस्तै विधान संधोधन गरेपछि नयाँ प्रक्रिया सुरु हुने अपेक्षा गरिएको थियो । तर, यो बीचमा स्वतन्त्र समिति बन्न बाहेक अन्य काम अघि बढ्न सकेन ।

स्वतन्त्र समिति सदस्य एलबी क्षेत्री ।

क्यानको जिल्लादेखि प्रदेश, केन्द्र सम्मको निर्वाचन तथा अन्य विवादित विषयको अनुगमन गर्न पाँच सदस्यीय स्वतन्त्र समिति गठन भएको थियो । । जसमा आइसीसीले तीन जना, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा एकजना र निलम्बित क्यानको निर्वाचित समितिको तर्फबाट एक जना प्रतिनिधि रहेका छन् ।

जसमा क्यानको निर्वाचित समितिबाट ठाकुरप्रताप थापा, राखेपका तर्फबाट नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री रहेका छन् । आइसीसीबाट सिनियर अडिटर मोहम्मद अली, रणनीतिक प्रबन्धक अमर शेख र फाइनान्स अपरेसन अफिसर एसिया नितिश कोठारी रहेका छन् ।

दुई दिन सम्म चल्ने समितिको बैठक राजधानीको एक होटलमा सोमबार दिउँसो २ः३० बजेको लागि तय स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रीले हाम्रो खेलकुदलाई जानकारी दिए । जिल्ला संघको नयाँ निर्वाचन, निर्वाचित समितिले सर्वोच्च अदालतमा दर्ता गरेको विचारधिन मुद्दा र २०१४ सम्मको क्यानको हिसाब फछ्यौटका विषयमा विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा समितिको छलफल केन्द्रित हुने सम्भावना रहेको क्षेत्रीले बताए ।

‘यो समितिको पहिलो बैठक हो । संसोधित विधान अनुसार क्रिकेट संघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन अघि बढाउन त्यसअघि केहि आधार तयार पार्नुपर्ने अवस्था छ ,’ उनले भने, ‘सम्भवत भोलीको छलफल त्यसमै केन्द्रित हुनेछ । ‘ उनले निर्वाचन प्रक्रिया अघि दुईवटा विषय टुंगिनुपर्ने अवस्था रहेको आफुले महसुस गरेको बताए ।

‘समितिमा सबैले आ आफनो विचार राखेपछि छलफलबाट निर्णयमा पुगिएला, उनले थपे, पहिलो कानुनी अडचन हटाउने । यसको अर्थ विचाराधिन मुद्दा फिर्ता । दोस्रो आइसीसीले अनुदान दिदासम्मको हिसाब फछ्यौट गरेपछि नयाँ निर्वाचन प्रक्रियामा अघि बढ्न वातावरण तयार हुनसक्छ ।’ निर्वाचन भइसकेका जिल्ला संघको हकमा स्वतन्त्र समितिले साउन १० गते सुचना जारी गर्दै निर्वाचन प्रक्रियाको प्रमाण पेश गर्न भनेको थियो । क्षेत्रीले त्यो विषयमा पनि छलफल हुने बताए । उनले भने,’समितिमा सबै विषयमा खुला छलफल हुनेछ । यसअघि टुंगिन बाँकी विषयमा पनि छलफल हुने सम्भावना छ ।’

आइसीसीले २०१४ पछि क्यानलाई अनुदान दिन बन्द गरेको थियो । निर्वाचनका विषयमा पनि केहि विवाद भएको छ । निर्वाचित क्यान पदाधिकारीले जिल्ला समितिको यसअघि सम्पन्न निर्वाचनलाई मान्यता दिनुपर्ने तर्क राख्दै आएका छन् । कतिपयले भने संसोधित विधान अुनसार जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन हुनुपर्ने तर्क राख्दै आएका छन् । चरम आन्तरिक विवाद पछि आइसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसयता नेपालको राष्ट्रिय टोली र उमेर समूहको अन्तर्राष्ट्रिय सहभागिताको जिम्मेवारी आफैले निर्वाह गर्दै आएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.