7 years ago
August 12, 2018
लर्डस् (एजेन्सी) – इंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले दोस्रो टेस्टमा लज्जास्पद हार बेहोरेको छ । भारतले इंग्ल्यान्डसँग दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ५९ रनको भारी अन्तरले पराजित भएको हो ।
यससँगै भारत पाँच खेलको सिरिजमा २–० ले पछि परेको छ । लर्डस्मा इंग्ल्यान्डले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले दास्रो इनिङ्समा सबै विकेट गुमाए र १ सय ३० रनमात्र बनाउन सक्यो । भारत पहिलो इनिङ्समा १ सय ७ रनमा समेटिएको थियो ।
दोस्रो इनिङ्समा भारतका कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । रविचन्द्रन आश्विनले नटआउट ३३ रन जोडे । हार्दिक पाण्डेयले २६ रन बनाए । चेतेश्वर पुजारा र कप्तान विराट कोहलीले समान १७ रन बनाए । अजिन्क्या रहानेले १३ तथा क्रुनल राहुलले १० रनमात्र बनाउन सके । इंग्ल्यान्डका जेम्स एन्डससन र स्टुआर्ट ब्राडले समान ४ तथा क्रिस भोक्सले २ विकेट लिए ।
त्यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा ३ सय ९६ रन जोड्दै ७ विकेट गुमाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका लागि क्रिस भोक्सको नटआउट १ सय ३७ रनको शतकीय इनिङ्स खेलेका थिए । बैरस्टोले ९३ रन जोडेका थिए । साम कुरामले ४० रन जोडे । भारतका मोहम्मद सामी र हार्दिक पाण्डेयले समान ३ विकेट लिन सफल भएका थिए ।
तेस्रो टेस्ट १८ अगस्टमा नटिङघममा हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]