default_image

7 years ago

August 14, 2018

पारस एक्सपर्ट एजुकेशनको ब्राण्ड एम्बेसडर

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडर बनेका छन् । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्कालाई मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ३ वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

सम्झौतापत्रमा सर्भिसेजका सिईओ सन्जिब शर्मा र कप्तान पारसले हस्ताक्षर गरे । ब्राण्ड एम्बेसडरबापतको रकम भने खुलाईएको छैन । नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएको र घरेलु प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको कारण पारसलाई ब्राण्ड एम्बेसडर चयन गरेको जनाएको एक्सपर्टले छ । एक्सपर्टले विगत ३ बर्षदेखि नेपाली क्रिकेटको उत्थान र विकासका लागि स्कुल प्रिमियर लिग र कलेज प्रिमियर लिग गर्दै आइरहेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.