7 years ago
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)-एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले नेपाली राष्ट्रिय टोलीका सदस्य शक्ति गौचनद्धारा सञ्चालित स्टार क्रिकेट एकेडमीलाई आर्थिक सहयोग प्रदान गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा सर्भिसेजले गौचनको स्टार क्रिकेट एकेडमीलाई १ लाख ५० हजार नगद सहयोग गरेको हो ।
सर्भिसेजका सिईओ सन्जिब शर्माले शक्तिलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरे । सर्भिसेजले स्थानीय स्तरबाटै क्रिकेट खेलाडीलाई प्रशिक्षण गरिरहेको र नयाँ खेलाडी उत्पादनमा क्रियासिल गरिरहेको स्टार क्रिकेट एकेडमीले भबिष्यमा अझ क्षमतावान र प्रतिभावान खेलाडी उत्पादन गर्नेछ भन्ने विश्वासका साथ आर्थिक सहयोग गरेको बताएको छ । भेट्रान क्रिकेटर शक्तिले रुपन्देहीको पर्सरीमा क्रिकेट एकेडमी सञ्चालन गर्दै आइरहेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]