7 years ago
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)-लामो समयदेखि विवादमा रहेको मुलपानी क्रिकेट मैदानको मुआब्जा विवाद समाधान भएको छ । मन्त्री परिषदको मंगलबार बसेको बैठकले मुलपानी क्रिकेट मैदानको मुआब्जा विवाद समाधानको लागि जग्गा धनीलाई जग्गाको साटो जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै विवाद समाधान हुने भएको हो ।

मुआब्जा विवाद समाधान भएसंँगै मुलपानी क्रिकेट मैदानको निर्माण कार्य अघि बढ्नेछ । सरकारले मैदानभित्र पर्ने जग्गा मैदान नजिकै रहेको अर्को स्थानमा दिने निर्णय गरेको हो । अब जग्गा धनीले मैदानमा रहेको आफ्नो जग्गाको नाप अनुसारको जग्गा पाउनेछन् । यसअघि मैदानभित्र रहेको करिब ५२ आना जग्गाको मुआब्जा विवाद नमिल्दा मैदान निर्माण कार्य प्रभावित बनेको थियो ।
विवाद समाधानको लागि मुलपानी क्रिकेट मैदान निर्माण समन्वय र सहजीकरण समितिले जग्गाको बदला जग्गा दिनुपर्ने निर्णय गरेको थियो । जग्गा धनीले उक्त निर्णय स्वीकार गरेपनि मन्त्रिपरिषदबाट उक्त निर्णय पास हुन सकेको थिएन । सरकारको मन्त्रिपरिषद् स्तरीय बैठकले मुआब्जा विवाद समाधान गरेको र मन्त्रिपरिषद्को बैठकको निर्णयसंगै मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान दुई बर्षभित्र बन्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशव कुमार बिष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी गराए ।
‘लामो समयदेखिको मुआब्जा विवाद समाधान भएको छ । मन्त्रीपरिषदको बैठकले सट्टापट्टा गरेर जग्गा धनीलाई अर्को स्थानमा जग्गा दिने निर्णय गरेको छ ’ प्रेस सल्लाहकार दाहालले भने, ‘जग्गा धनीले खोजेको जति जग्गा अन्य ठाउमा उपलब्ध गराउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । अब मैदान दुई बर्षभित्र तयार हुने गरी अघि बढ्नेछ ।’
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]