7 years ago
August 16, 2018
मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा प्रशिक्षक अजित वाडेकरको निधन भएको छ । b७७ वर्षीय वाडेकरको मुम्बईमा रहेको जसलोक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनी लामो समयदेखि बिरामी थिए । वाडेकरले सन् १९६६ मा वेष्ट इन्डिज विरुद्ध आफ्नो पहिलो अन्तर्रा्ष्टि्रय क्रिकेट खेलेका थिए । उनले कुल ३७ टेस्ट क्रिकेटमा २००० भन्दा धेरै रन बनाएका छन् ।
सन् १९७१ इंग्ल्याण्डलाई उसकै मैदानमा पराजित गर्दा वाडेकरले भारतीय टिमको कप्तानी गरेका थिए
भारतीय क्रिकेट टिमका वर्तमान प्रशिक्षक तथा पूर्व क्रिकेटर रवि शास्त्रीले वाडेकरको निधनमा शोक व्यक्ति गरेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]