7 years ago
September 8, 2018
लन्डन (एजेन्सी) – अन्तिम टेस्ट खेलिरहेका इंग्ल्यान्डका ओपनर एलेस्टर कुकले अर्धशतक बनाएपनि भारतले पाँचौ टेस्टको पहिलो दिन खेलमा पकड जमाएको छ । पहिलो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्ड १९८-७ को स्थितिमा छ ।

इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको थियो । टेस्ट क्रिकेटबाट सन्न्यास लिने तरखरमा रहेका ओपनर कुकले १ सय ९० बलमा ७१ रन जोडेपनि इंग्ल्यान्डको मध्यक्रम सम्हालिन नसक्दा भारतले खेलमा पकड जमाएको हो । कुकलाई ब्याटिङ गर्न मैदान छिर्ने क्रममा भारतीय खेलाडीले गार्ड अफ अनर दिएका थिए । पहिलो विकेटका लागि कुक र किटन जेनीङसले ६० रन जोडेका थिए । जेनीङसले २३ रनमात्र बनाउन सके । त्यसपछि कुकले मोइन अलीसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । उनी जसप्रित बुमराहको बलमा बोल्ड भएका थिए ।
त्यसपछि इंग्ल्यान्डले लगातार विकेट गुमायो । कप्तान जो रुट र जोनी बेरस्टो शून्यमा आउट भएपछि इंग्ल्यान्ड संकटमा पारेको थियो । मोइनले बेन स्टोक्ससँग ३७ रनको साझेदारी गरेपनि स्टोक्स ११ रनमा आउट भए । त्यसको केहि बेरमै ५० रन जोडेका मोइन पनि पेभेलियन फर्किए ।
इंग्ल्यान्डका लागि क्रिजमा जोस बटलर ११ र आदील रशिद ४ रनमा खेलिरहेका छन् । भारतका लागि इशान्त शर्माले दुई विकेट लिए । कुकलाई आउट गरेका बुमराह र रविन्द्र जडेजाले पनि २-२ विकेट हात पारेका छन् । भारत सिरिजमा ३-१ ले पछाडी छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]