default_image

7 years ago

September 14, 2018

कुकको अनुपस्थितिमा सचिनका यी रेकर्ड अब सुरक्षित

115 views

0 Bookmark

लन्डन (एजेन्सी) – भारतीय क्रिकेटका लेजेण्ड सचिन तेन्दुलकरले विश्व क्रिकेटबाट बिदा लिएको ५ वर्ष भइसकेको छ । त्यसयता वर्तमान क्रिकेटमा रहेका ३ खेलाडीको उनको रेकर्ड तोड्न सक्ने आंकलन गरिंदै आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सचिनको सन्यासपछि दक्षिण अफ्रीकाका ज्याक क्यालिसले सचिनको रेकर्ड तोड्न सक्ने सम्भाव्य खेलाडीको रुपमा हेरिएको थियो । तर उनले पनि सचिनले छाडेपछि लामो समय क्रिकेट खेल्न सकेनन् । दक्षिण अफ्रिकाका स्टार सचिनभन्दा रनको मामलामा २७०० रन पछि थिए भने उनको नाममा सचिनको भन्दा ६ शतक कम रहेको थियो ।

सचिनको रेकर्ड तोड्न सक्ने अर्का खेलाडीको रुपमा श्रीलंकाका कुमार संगाकारालाई पनि हेरिएको थियो । सन् २०१२ को बक्सिंग डे टेस्टमा उनले आफ्नो करियरको १० हजार रन पुरा गरेका थिए । सचिनले सन्यास लिने समयमा संगाकारा सचिनभन्दा ५ हजार ४ सय ३५ रन पछि रहेका थिए । उनी सो समय उत्कृस्ट लयमा रहेपनि उनले सन् २०१५ को एक दिवसीय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिए ।

इंग्ल्याण्डमा जति नै लोकप्रिय र महान् खेलाडी भएपनि एक-दुई पटकको निराशाजनक प्रदर्शनपछि खेलाडीलाई टोलीबाट निकाल्ने संस्कृति रहेको छ । तर त्यस्तो संस्कृतिका बीच समेत १२ हजार रन बनाउनुमा नै एलेस्टर कुकको महानता झल्किन्छ । कुक, सचिन र क्यालिस जस्तो टेक्निकल ब्याट्सम्यान नभएपनि उनको रन प्रतिको भोकले उनलाई महान् बनायो । सन् २०१६ मा कुकले ३१ बर्षको उमेरमा १० हजार रन पुरा गरेका थिए । तर सन् २०१६ मा भारतविरुद्ध ४-० ले सिरिज हारेपछि उनको खराब समय सुरु भयो । उनको कप्तानीमाथि प्रश्न चिन्ह उठ्न थालेपछि कप्तानीबाट पछि हट्नुको विकल्प रहेन  ।

उनले भारतको सो भ्रमणपछि दुई दोहोरो शतक जोड्न बाहेक खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कप्तानीबाट आफू पछि हटेपछि उनले मात्र ३३ को औसतमा रन  बनाउन सके । उनीसंग सचिनको रेकर्ड तोड्नका लागि उमेर पर्याप्त थियो तर आफ्नो ओरालो लागेको प्रदर्शनका कारण उनले सन्यासको घोषणा गरे । लयमा रहेको अवस्थालाई निरन्तरता दिएको भए कुकले सचिनको टेस्टमा सर्वाधिक रन जोड्ने कीर्तिमानलाई चुनौती दिन सक्थे । तर कुकले इंग्ल्यान्ड क्रिकेटबाट सन्न्यास लिने निर्णय उचित ठान्दै त्यसलाई निरन्तरता दिए ।

करिअर तथ्यांक:

सचिन तेन्दुलकर : २ सय खेल, ३ सय २९ इनिङ, १५ हजार ९ सय २१ रन, शतक ५१, अर्धशतक ६८

रिकी पोन्टिङ : १ सय ६८ खेल, २ सय ८७  इनिङ, १३ हजार ३ सय ७८ रन, शतक ४१, अर्धशतक ६२

ज्याक कालीस: १ सय ६६ खेल, २ सय ८० इनिङ, १३ हजार २ सय ८९ रन, शतक ४५, अर्धशतक ५८

राहुल द्रविड : १ सय ६४ खेल, २ सय ८६ इनिङ, १३ हजार २ सय ८८ रन, शतक ३६, अर्धशतक ६३

एलेस्टर कुक : १ सय ६१ खेल, २ सय ९१ इनिङ, १२ हजार ४ सय ७२ रन, शतक ३३, अर्धशतक ५७

कुमार संगकारा : १ सय ३४ खेल, २ सय ३३  इनिङ, १२ हजार ४ सय रन, शतक ३८, अर्धशतक५२

 

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.