7 years ago
September 16, 2018
एजेन्सी – महेन्द्र सिंह धोनीको सन्यासले भारतीय क्रिकेटलाई ठूलो धक्का दिएको थियो । सबैले धोनीको सन्यास पछि टोलीले पुनर्निर्माणको प्रक्रियामा धेरै समस्या खेप्ने आँकलन गरेका थिए । तर थि विपरित विराट कोहली कुशल कप्तानको रुपमा उदाए ।

आफुले कप्तानी गरेपछि कोहलीले हरेक देशमा भारतलाई टेस्ट जिताएका छन् । सो क्रममा उनको ब्याटबाट ६ दोहोरो शतक समेत बनेको छ । उनले कप्तानी गरेका ३९ टेस्ट मध्ये २२ मा जित दिलाएका छन् । १६ शतक सहित कोहलिको नाममा ४,००० बढी टेस्ट रन रहेको छ ।
आफ्नो करियरको बीचमा रहेका कोहलीका लागि नयाँ खेलाडीलाई कप्तानको रुपमा तयार बनाउने समय आएको छ । यी ३ खेलाडीले कोहलीको सन्न्यासपछि भारतीय टोलीको कप्तानी गर्न सक्छन् :
३) श्रेयस ऐर :

भारतीय घरेलु क्रिकेटका उत्कृष्ट उत्पादन हुन् श्रेयस ऐर । पछिल्लो ३ वर्ष यता ऐरले घरेलु क्रिकेटमा लगातार रन बनाउँदै आएका छन् । आफूले खेलेका ४९ प्रथम श्रेणी खेलमा उनको नाममा ५३ को औसतमा ४,१४८ रन रहेको छ । ऐरले राष्ट्रिय टोलीबाट भने पर्याप्त मौका पाउन सकेका छैनन् । सन् २०१८ को इन्डियन प्रिमियर लिगमा ऐरले दिल्ली डेयरडेभिल्सको कप्तानी समेत गरेका थिए । यस्तै इन्डिया ए टोलीको कप्तानीको अनुभव रहेका ऐरमा धेरैले कोहलीको छायाँ देखेका छन् ।
२) पृथ्वी शा :

भारतलाई आफ्नो कप्तानीमा अन्डर १९ विश्वकप जिताएका पृथ्वीलाई भारतीय क्रिकेटमा ठूलो सम्भावनाको रुपमा हेरिएको छ । शाले घरेलु क्रिकेटमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् जसको फलस्वरूप उनले राष्ट्रिय टेस्ट टोलीमा समेत आफ्नो स्थान बनाए । उनले खेलेका १४ प्रथम श्रेणी खेलमा ५६ को औसतमा १४१८ रन जोडेका छन् । अहिलेदेखि नै शालाई धेरै क्रिकेट पण्डितले भविष्यको कप्तानको रुपमा हेरेका छन् ।
१) हार्दिक पान्ड्या :

धेरै मेहेनत गरेर भारतीय टोलीको नियमित सदस्य बनेका हार्दिक पान्ड्याले टेस्ट टोलीको एक नम्बर रोजाईको अलराउण्डरको नाम कमाइ सकेका छन् । ब्याटिङ गर्दा कुनै पनि समयमा बाउन्ड्री कटाउन सक्ने पान्ड्या बलिंग र फिल्डिंगमा समेत उत्तिनै पोख्त छन् । मात्र २४ वर्षको उमेरमा हार्दिकले ११ टेस्ट र ४० भन्दा धेरै एक दिवसीय क्रिकेटको अनुभव बटुली सकेका छन् । समय समयमा बेवकुफ गल्ति गर्ने पान्ड्याको समस्या रहेपनि समयसंगै उनी अझ निखारिनेमा विश्वस्त रहन सकिन्छ । कुनैपनि टोलीको कप्तानीको अनुभव नरहेपनि कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने समयसम्ममा हार्दिक कप्तानीको लागि तयार हुने अपेक्षा गर्न सकिन्छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]