default_image

7 years ago

September 10, 2018

सन्दीपले एपीएलमा नङराहारबाट खेल्ने

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल)को खेलाडी ड्राफ्टमा मा छनोट भएका छन् । प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुनेछ ।

उनलाई नङराहार टोलीले छनोट गरेको हो । पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान र सन्दीप लामिछाने रहेका छन् ।

एसोसियटमा बल्खले रायन टेन डोस्काटेलाई टोलीमा राख्यो । सन्दीपले क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रीइट्सबाट खेलेका थिए । उनले आइपीएलमा दिल्ली डेयरडेभिल्सका लागि पनि खेले । कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने ड्राफ्टमा छनोट हुन सकेनन् ।

ड्राफ्टका दौरान साहिद अफ्रिदिलाई पक्तियाले पहिलो आइकन खेलाडीको रुपमा टोलीमा समेटेको थियो । काबुलले अफगानिस्तानका स्पिनर रसिद खानलाई लिँदा नङगारहारले वेस्ट इन्डिजका आन्द्रे रसल रोज्यो । बल्खले वेस्ट इन्डिजकै क्रिस गेल तथा कान्दाहारले न्यूजिल्यान्डका ब्रेन्डन मक्कुलमलाई आइकन खेलाडी बनायो । आइकन खेलाडीले १ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यो पनि पढ्नुहोस्:

एपीएलमा पारस र सोमपाल छनोट भएनन्

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.