7 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
आयोजक क्वीन्स इभेन्टस्ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हिमालय टीभीसँग ३ वर्षको लागि सम्झौता गरेको हो । सम्झौतामा आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरे ।
सम्झौताअनुसार टेलिभिजनले ३ वर्षसम्म नगद र खेल सामग्री गरी कुल ३ करोड ७० लाख रुपैयाँ पीपीएललाई दिनेछ । सम्भवत यो सम्झौता नेपाली क्रिकेटमा भएको सबैभन्दा ठूलो राशीको प्रसारण अधिकार हो ।
सम्झौताअनुसार पीपीएलको टीभी तथा सम्पूर्ण डिजिटल प्रसारण अधिकार हिमालय टेलिभिजनले पाएको छ । हिमालय टीभीले खेलाडी अक्सनदेखि नै पीपीएलको प्रत्यक्ष प्रसारण गर्नेछ ।
टेलिभिजनका अध्यक्ष भुसालले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न आवश्यक पर्ने सबै सामग्रीको व्यवस्था गरेर मात्रै सम्झौता गरिएको जानकारी दिए । क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक लामाले प्रत्यक्ष प्रसारणको लागि हिमालय टिभीलाई धन्यवाद दिँदै अब छिट्टै खेलाडीको अक्सन हुने जानकारी दिए ।
प्रतियोगिता पोखरा क्रिकेट मैदानमा आगामी कात्तिक ९ देखि २० गतेसम्म हुदैछ । प्रतियोगितामा पोखरा, काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी र नेपालगञ्ज गरी ६ वटा फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]