default_image

7 years ago

September 15, 2018

समर्थक समाजद्वारा क्रिकेटर करण १ लाखसहित सम्मानित

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिममा महत्वपूर्ण सदस्य करण केसी र गन्डकी प्रदेशका युवा क्रिकेटर हरिबहादुर चौहानलाई नेपाली क्रिकेट समर्थक समाजले शनिबार सम्मान गरेको छ ।

नेपाल क्रिकेट समर्थक समाज (एनसिएसएस) ले आफ्ना स्वर्गीय सदस्य प्रमोद बज्राचार्यको स्मृतिमा करणलाई नगद १ लाखसहित विशेष सम्मान र हरि चौहानलाई २५ हजारसहित इमर्जिङ खेलाडीको रुपमा राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको हो ।

करणलाई एनसिएसएसका अध्यक्ष भानु सिग्देल, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना, स्वर्गीय प्रमोदकी दिदी सन्जु बज्राचार्यले सम्मानित गरे । सोही अवसरमा एनसिएसएसले आफ्नो भोल्युन्टर सदस्य महेन्द्र गुरुङलाई प्रशंसा पत्रले सम्मानित गरेको छ ।

डिभिजन–२ मा क्यानडाविरुद्धको खेलमा खेलमा १ विकेटको सनसनीपूर्ण जित निकाल्दा करणले विस्फोटक ब्याटिङ प्रदर्शन गरेका थिए । यस्तै गन्डकी प्रदेशका हरि चौहानले काठमाडौंमा भएको प्रधानमन्त्री कपमा एक खेलमा शतकसहित ह्याट्रिक विकेट लिन सफल भएका थिए ।

नेपाल क्रिकेट समर्थक समाजका अध्यक्ष भानु सिग्देलले यो राष्ट्रिय सेवा सम्मान निरन्तर गर्दै जाने बताए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.