7 years ago
September 17, 2018
सिड्नी (एजेन्सी)- एरोन फिन्च पहिलोपटक अष्ट्रेलियाको टेस्ट टिममा समावेश भएको छ । टेस्ट टिमका नियमित ओपनर डेभिड वार्नर र क्यामरोन ब्यान्क्रोफ्ट र स्टिभ स्मिथ टिममा नरहेपछि ३१ वर्षीय फिन्चले टेस्ट टिममा पहिलोपटक मौका पाएका हुन् ।
उनीहरु बल टेम्परिङ प्रकरणमा मुछिएर एक वर्षे प्रतिवन्ध भोगिरहेका छन् । शुरुवाती ११ मा पर्नको लागि फिन्चले उस्मान ख्वाजा, शन मार्स र ट्राभिस हेडसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
सिनियर राष्ट्रिय टिममा १२ वर्ष खेल्दा फिन्चले ९३ एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेल खेल्दै आफ्नो प्रतिभा देखाइसकेका छन् । अष्ट्रेलियाले अर्को महिना यूएईमा पाकिस्तानसँग टेस्ट सिरिज खेल्दैछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]