7 years ago
September 18, 2018
आवुधावी (एजेन्सी) – अफगानिस्तान एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समुहको पहिलो खेलमा श्रीलंकालाई ९१ रनले पराजित गर्दै अफगानिस्तानले एक खेल अगावै एसिया कपको अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो ।
लगातार दोस्रो हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका यसअघि पहिलो खेलमा १ सय ३७ रनले पराजित भएको थियो ।
अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ ओभर दुई बलमा सबै विकेट गुमाएर १ सय ५८ रनमा समेटियो ।
खराव शुरुवात गरेको श्रीलंकाका ओपनर उपुल थरंगाले सर्वाधिक ३६ रन बनाएपनि टिमको हार टार्न सकेन । थिसारा परेराले २८, धनन्जय डि सिल्भाले २३, कप्तान एन्जेलो म्याथ्युजले २२ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेन । श्रीलंकालाई सस्तैमा समेट्न अफगानिस्तानका मुजिब उर रहमान, गुलबदिन नैब, मोहमद नाबीले र रशिद खानले समान २ विकेट लिए ।
यसअघि शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि रहमत शाहको अर्धशतक मद्दतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४९ रनको योगफल तयार पारेको थियो । मोहमद शाहजाद र इशानुल्लाहले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै राम्रो शुरुवात दिलाएका थिए । शाहजादले ४७ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाए । इशानुल्लाहले ६५ बलमा ६ चौकाको मद्दतमा ४५ रन बनाएर आउट भए ।
कप्तान अस्गर अफगान एक रनमा पभेलियन फर्के । रहमत शाहले त्यसपछि चौथो विकेटका लागि हस्मतुल्लहा शाहिदीसँग ८० रनको महत्वपूर्ण साझेदारी गरे । शाहले ९० बलमा पांच चौकाको मद्दतमा ७२ रन बनाए । शाहिदीले ५२ बलमा दुई चौकाको मद्दतमा ३७ रन बनाए । मोहम्मद नावी १५, रसिद खान १३ र नाजिवुल्लाह जर्दान १२ रनमा आउट भए । श्रीलंकाका थिसरा परेराले ५ विकेट लिए । उनले तीन विकेट अन्तिम ओभरमा हात पारेका थिए । अकिला धनन्जयले २ तथा लासिथ मालिङ्गा, दुसमान्था चामेरा र सेहान जयसुर्यले समान १ विकेट लिए ।
एसिया कप अन्र्तगत आज हङकङले भारतको सामना गर्दै छ । खेल ५ः१५ बजेपछि शुरु हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]