7 years ago
September 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व टी–२० एसिया छनोटको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ ।

अर्काे महिना मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि तीन सदस्यीय खेलाडी छनोट समितिले मंगबार पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा दीपेश श्रेष्ठ, शाहव आलम र सुनिल धमलाले स्थान बनाएका छन् । रोहित कुमार पौडेल भने यु–१९ क्रिकेट टिममा छनोट भएका कारण प्रारम्भिक छनोटमा परेनन् ।
विश्व टी–२० क्रिकेट मलेसियामा अक्टोवर ३ देखि १२ तारिख सम्म हुदैछ । नेपाल समूह ‘बी’ मा रहेको छ । अन्तिम १४ सदस्यीय टोलीको घोषणा छिट्टै गरिने खेलाडी छनोट समितिले जनाएको छ । खेलाडी छनोट आएसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगट टमाटा र कप्तान पारस खड्काले गरेका हुन् । नेपालले बिहिबारबाट प्रशिक्षण थाल्नेछ ।

प्रारम्भिक नेपाली टोली
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. अनिल कुमार साह
४. बसन्त रेग्मी
५. विनोद भन्डारी
६. दीपेन्द्रसिंह ऐरी
७. दीपेश श्रेष्ठ
८. करण केसी
९. ललित भन्डारी
१०. ललित नारायण राजवंशी
११. मोहम्मद आरिफ शेख
१२. प्रदीप ऐरी
१३. सागर पुन
१४. सन्दीप लामिछाने
१५. शाहव आलम
१६. शरद भेषवाकर
१७. सोमपाल कामी
१८. सुनिल धमला
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]