7 years ago
September 26, 2018
यूएई (एजेन्सी) – एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको पाँचौ खेलमा भारत र अफगानिस्तानबीचको खेल बराबरीमा सकिएको छ । मंगलबार राती भएको खेलमा अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ५ बलमा अल आउट हुँदै मात्र २ सय ५२ रन बनाउन सक्यो ।

भारतका लागि ओपनर आम्बाटि रायुडू र के.एल राहुलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गर्दै सहज जित तर्फ अघि बढेका थिए । तर १७ ओभर १ बलमा मोहमम्द नाबीको बलमा नजीबुल्ला जद्रानले रायुडुलाई क्याच आउट गराएपछि भारतको विकेट पतन सुरु भएको थियो । रायूडुले ४९ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५७ रन बनाए ।
दोस्रो विकेटको रुपमा राहुललाई रसिद खानले एलपि डब्लुको शिकार बनाउदै ६० रनमा पेभिलिएन फर्काएपछि भारत अझ दवावमा आएको थियो । राहुलले ६६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६० रनमा आउट भए । भारतको विकेट पतन निरन्तर जारी रह्यो । कुनै समय १७.१ ओभरमा ११०–१ स्थितिमा रहेको भारत ४९ औ ओभरमा २४६–९ को स्थितिमा पुगेको थियो ।

भारतलाई अन्तिम ओभरमा जितको लागि ७ रन चाहिएको थियो । रसिद खानले रविन्द्र जडेजालाई पहिलो बलमा डट,दोस्रो बलमा चौका,तेस्रो र चौथो बलमा १/१ रन र पाचौँ बलमा जडेजालाई आउट गरेपछि खेल बराबरीमा सकिएको हो । भारतका लागि अन्य ब्याटम्यान दिनेश कात्तिकले ६६ बलमा ४ चौकाको सहयोगमा ४४,केधार जाधव १९, रविन्द्र जडेजा २५,दिपक चाहर १२, कुलदिप यादव ९,महेन्द्र सिंह धोनी र मनिस पाण्डेले समान ८ रन बनाए ।
भारतलाई रोक्न अफगानिस्ताका लागि मोहमम्द नाबी,रसिद खान र अफ्तव आलमले समान दुई विकेट लिए । यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्ताने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनाउन सक्यो । अफगानिस्तानका लागि ओपनर सहजाद र जावेद अहमदीले उत्कृष्ट सुरुवात गरेका थिए ।
सहजाद र जावेदले पहिलो विकेटको रुपमा १० ओभरमा ६३ रन को साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा अहमदी १२ ओभर ४ बमा ५ रन बनाएर खेली रहेको अवस्थामा रविन्द्र जडेजाको बलका महेन्द्र सिंह धोनीको स्टिमपिङको सिकार भए । त्यसपछि दोस्रो विकेटका रुपमा रमात शाह १४ ओभर ४ बलमा जडेजाकै शिकार हुदैँ ३ रनमा पेभिलिएन फर्किए । त्यस्तै १५ ओभर २ बलमा हस्मतुल्लाह शाहिदी र ३ बलमा कप्तान अस्गर अफ्घानीलाई कुलदीप यादवले ० रनमा पेभिलिएन फर्किका थिए ।

भारतीयबलर सामु खुलेर खेलेका सहजादले ११६ बलमा ७ छक्का र ११ चौका प्रहार गर्दै उत्कृष्ट १२४ रनको शतकीए इनिङ खेले । सहजाद ३७ ओभर ५ बलमा केधार जाधवको बलमा दिनेश कात्तिकको हातबाट क्याच आउटको शिकार भए । भारतीय बलर सामु आक्रमक ब्याटिङ गरेका महोम्मद नाबीले ५६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६४ रनमा आउट भए । अफगानिस्तानका अन्य ब्याटम्यान जद्रान २०, गुल्बदीन नाइब १५,अफ्तब आलम २ र रसिद खानले १२ रनमा नट आउट रहे ।
भारतकालागि रविन्द्र जडेजा ३,कुलदीप यादव २ लिदाँ केधार जाधव,खलील अहमद र दिपक चाहरले समन १ विकेट लिएका थिए । यो खेल बराबरीसँगै अफगानिस्तानको एसिया कप यात्रा पनि सकिएको छ । तर प्रर्दशन भने सानदार रह्यो । समुह चणमा बंगलादेशलाई १३६ र श्रींलकालाई ९१ रनले पराजित गर्दै सुपर फोरमा प्रवेश गरेको थियो ।
सुपरफोरमा पाकिस्तानसँग ३ विकेट र बंगलादेशसँग ३ रनले पराजित भएपछि सुपर फोरबाटै बाहिरीनु परेको हो । भारत यस अघिनै फाइनल पुगि सकेको छ । उपाधिको लागि अव आज हुने बंगलादेश र पाकिस्तानबीचको बिजेता भारतसँग भिड्ने छ । फाइनल असोज १२ गते हुने छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]