7 years ago
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने टी ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रिय छनोटको लागि १४ सदस्यीय नेपाली टोलीको आइतबार घोषणा भएको छ । छनोट अक्टोबर ३ देखि १२ गते सम्म आयोजना हुनेछ ।
टोलीमा ३ बर्षपछि प्रदीप ऐरीले कमब्याक गरेका छन् । खराव प्रर्दशनका कारण सन् २०१५ पछि प्रदिप राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए । त्यस्तै युरोप भ्रमणको बेला हातमा चोटका कारण एसिया कप छनोट गमाएका शरद भेषावकरले पनि टोलीमा पुनरागमन गरेका छन् । ईसीसी प्रतिनिधि अमिनुल इश्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले चयन गरेको हो ।
नेपाली टोली
१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान )
३. अनिल कुमार साह
४.बसन्त रेग्मी
५.बिनोद भण्डारी
६.दिपेन्द्र सिंहऐरी
७. करन केसी
८.ललित भण्डारी
९.ललित राजबंशी
१०.मोहमम्द आरिफ शेख
११.प्रदिप ऐरी
१२.सन्दीप लामिछाने
१३.शरद भेसावकर
१४. सोमपाल कामी
बैकल्पिक खेलाडी – सागर पुन, सुनिल धमला, दिपेश श्रेष्ठ शाहब आलम
प्रशिक्षक – जगत टमाटा , ब्यबस्थापक स् एनालिस्ट – रमन शिवाकोटी, फिजियो – दिनेश भट्ट
यसैबीच, नेपाली टोली सोमबार दिउसो १ बजे मलेसिया प्रस्थान गर्ने बताइएको छ ।
खेल तालिका
नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ मा म्यान्मारको सामना गर्नेछ । यस्तै दोस्रो खेल मलेसिया विरुद्ध अक्टोबर ६ मा खेल्नेछ । तेस्रो खेल अक्टोबर ७ मा थाइल्याण्डसँग, चौथो खेल अक्टोबर ९ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पाँचौ खेल अक्टोबर १० मा चिनसँग तथा छैटौं तथा अन्तिम खेल अक्टोबर १२ मा सिंगापुरविरुद्ध खेल्नेछ ।
विश्वकप यात्रा
यस उप क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनोट प्रतियोगिताका लागि छनोट हुने छन् । पूर्वी र पश्चिमी क्षेत्रको छनोटबाट छानिएका ३र३ देशले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । यसअघि नै एसिया “ए” उप–क्षेत्रबाट ९पश्चिमी ० युएई, कुवेत र कतार छनोट भैसकेका छन् । जसबाट उत्कृष्ट २ टिमले टि–२० बिश्वकपको ग्लोबल छनोट खेल्नेछन् ।
ग्लोबल छनोटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र विभिन्न क्षेत्रबाट उत्कृष्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । आईसीसीको टी– २० वरियतामा उत्कृष्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि–२० विश्वकप खेल्न स्वतः छनोट हुनेछन् । ग्लोबल टी–२० बिश्वकप छनोटबाट उत्कृष्ट ६ टिम गरि कुल १६ टिम टि – २० बिश्वकप खेल्ने छन्।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]