7 years ago
October 1, 2018
ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानबीरुद्ध नेपाली टोलीले पहिला ब्याटिङ गर्दै छ । बिकेएसपी फोर मैदानमा भर्खर भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

१० अोभरको समाप्तिमा नेपालले १९ रन जोड्दै ३ विकेट गुमाएको छ । अोपनर रित गौतम १० तथा र रवि साह २ रनमा पेभलियन फर्केका छन् । सन्दीप जोरा खाता नखोली अाउट भएका छन् ।
नेपाली यू- १९ र अफगानिस्तान यू-१९ अहिले सम्म १२ पटक भिडेका छन् र नेपाल ४ खेलमा जित निकाल्दा अन्य सबै खेलमा पराजित भएको छ । नेपालले गएको १६ सेक्टेम्बरमा भारतीय क्रिकेट बोर्डले आयोजना गरेको मैत्रीपूर्ण चार दिवसिय श्रींखलामा अफगानिस्तानलाई २५ रनले हराएको थियो ।
पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको नेपाललाई अघिल्लो चरणको आशा जिवित राख्नको लागि अफगानिस्तानसँगको खेल जित्नै पर्ने हुन्छ ।
अफगानिस्तानलाई हराउन नसके नेपाल समुह चरणबाटै घर फर्कने छ । नेपालले अन्तिम खेल मंगलबार युएईसँग खेल्दा अफगानिस्तानले भारतसँग खेल्ने छ ।
अफगानिस्तानले पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै अघिल्लो चरणको संभावना बलियो बनाएको छ । भारतले दोस्रो खेलमा आइतबार युएईलाई २ सय २७ रनले पराजित गर्दै सेमिफाइनल लगभग पक्का जस्तै गरिसकेको छ ।
गत संस्करणमा भारतलाई १९ रनले पराजित गर्दै नेपाल सेमिफाइनमा पुगेको थियो । नेपाल अघिल्लो चरण प्रवेशको लागि दुबै खेल जित्नै पर्ने हुन्छ । युएई भने सुरुवाती दुई खेलमा पराजित हुदैँ एक खेल अगाडीनै समुह चरणबाटै बाहिरि सकेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]