7 years ago
October 1, 2018
ढाका(एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पराजित भएपछि नेपाल समुह चरणबाटै एक खेल अगाडीनै बाहिरिएको छ । आज भएको खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएपछि नेपालको सेमिफाइनल यात्राको ढोका बन्द भएको हो ।
समुह ‘ए’ बाट समान दुई खेल समान जीत निकाल्दै एक खेल अगाडी भारत र अफगानिस्तान सेमिफाइनल प्रवेश गरेका छन् । नेपाल र युएई समान दुई खेलमा जीत विहिन हुदैँ एक खेल अगाडीनै बाहिरिएका छन् । अव समुह विजेता र उप विजेताको लागि मंगलवार भारत र अफगानिस्तान भिड्ने छन् ।
मंगलबारनै नेपालले युएईसँग खेल्ने छ । यी दुईको खेल अव प्रतिष्ठाको लडाईमात्र हुने छ । नेपालले दिएको १ सय ३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा ७ विकेटको क्षतिमा पुरा गरेको हो । अफगानिस्तानलाई सहज जित दिलाउन अजमातुल्ला ओमरजीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरे ।
बलिङमा चार विकेट लिएका उनले ब्याटिङमा ३ छक्काको सहयोगमा ३० बलमा २३ रन बनाए । त्यस्तै आरिफ खानले २३ रन बनाए । पाँचौ विकेटका रुपमा ओमरजीलाई २४ ओभरमा सुर्य तामाङले आउट गरेपछि नेपाल खेलमा फर्किने संकेत देखाएको थियो । कुनै समय अफगानिस्तान २९ ओभरमा ११२ –६ को स्थितिमा पुगेको थियो ।
तर अफगानिस्तानलाई रोक्न १ सय ३२ रनको लक्ष्य प्रयाप्त भएन । त्यस्तै ओपनर तथा कप्तान रमानुल्लाह गुरबाज २६ ,रियाज हसन ११,इजाज अहमिद १६,बासिर खान ४, मोहमम्द इशाक ६ र अब्दुल रहमानले ८ रन बनाए । नेपालका लागि सुर्य तामाङले ४, पवन सरार्फ,रसिद खान र सागर ढकालले समान एक एक विकेट लिएपनि टोलीलाई हारबाट टार्न सकेनन् ।
यस अघि बिकेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३८ ओभर ३ बलमा अल आउट हुँदै मात्र १ सय ३१ रन बनाउन सकेको थियो । नेपालको आज पनि खराव सुरुवात रह्यो । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा रवि कुमार शाह २ रनमा गुमाएको नेपालले दोस्रो विकेटका रुपमा ६.२ ओभरमा रित गौतम १० रनमा आउट भए ।
तेस्रो विकेटका रुपमा नवौ ओभरमा सन्दीप जोरा र ११ औं ओभरमा पवन सरार्फ समान ० रनमा पेभिलिएन फर्किएपछि नेपाल २१– ४ को कमजोर स्थितिमा पुगेको थियो । पाँचौ विकेटका लागि कप्तान आसिफ शेख र रोहित कुमार पौडेलले ८३ बलमा ५३ रनको साझेदारी गर्दै नेपाललाई २५ ओभरमा ७४– ५ को स्थितिमा पर्याउदै सम्मानजक स्थितीमा पुर्याउने प्रयास गरे ।
शेख २४.२ ओभरमा नविद मोहमम्द कबिरले ब्यक्तिगत २० रनमा शेखलाई पेभिलिएनको बाटो देखाएका थिए । त्यसपछि पनि नेपालको विकेट पतन जारी रह्यो । नेपालको विकेटमा गई रहेको पहिरो रोकिने कुनै संकेत देखिएन । नेपाल २८ ओभर ३ बलमा ८१–७ को दयनिय स्थितीमा पुगि सकेको थियो ।
सातौं विकेटका लागि रसिद र रोहितले ४० बलमा ३८ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई सम्मान जनक स्थितिमा पुयाए । आक्रमक ब्याटिङ गरेका रसिदले २५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा आउट भए । एक तर्फबाट धैर्यताकासाथ ब्याटिङ गरि रहेका रोहितलाई अर्को तर्फबाट टिकेर साथ कुनैपनि ब्याटम्यानले दिन सकेनन् ।
नवौं विकेटका रुपमा आउट भएका रोहितले ८८ बलमा ७ चौकाको सहयोगमा ४६ रन बनाए । नेपाली ब्याटिङलाई धरासायी बनाउदैँ अफगानिस्तानलाई सेमिफाइन सम्म पुर्याउन अजमातुल्ला ओमरजीले ९ ओभरमा ४ मेडन राखेर १४ रन खर्चदैँ ४ विकेट लिए । त्यस्तै क्यूआइस अहमद कमवाल,अब्दुल रहमानले समान दुई विकेट लिदाँ रिजनउल्लाह र नविद मोहमम्द कबिरले समान एक विकेट लिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]