7 years ago
October 1, 2018
काठमाडौँ – मलेसियामा बुधबार सुरु हुने सुरु हुने टी–२० विश्वकपको उप–क्षेत्रिय छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया तर्फ प्रस्थान गरेको छ ।

प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित टोली मलेसिया प्रस्थान गरेको हो । नेपाली टोलीका टेक्नीकल म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाल दिउँसो १ वजे मलेसिया प्रस्थान गरेको हो ।
प्रतियोगितामा नेपाल सहित, आयोजक मलेसिया,चीन,सिंगापुर, भुटान,थाइल्यान्ड र म्यानमार रहेका छन् । प्रतियोगितामा नेपाल भन्दा अन्य टोली तुलानात्मक रुपमा कमजोर रहेका छन् । एक महिना अघि मलेसियामा नै खराव प्रर्दशन गर्दै एसिया कप गुमाएको नेपालले त्यो प्रर्दशन बिर्सर्दै उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरिएको छ ।
यस पटक ओपनिङ ब्याटिङ अनिल कुमार शाह,विनोद भण्डारी र प्रदिप ऐरी मध्य दुईले गर्ने संभावना उच्च रहेको छ । नेपालले आफ्नो पहिलो खेल अक्टोबर ३ मा म्यान्मारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । यस्तै दोस्रो खेल मलेसियासँग अक्टोबर ६, तेस्रो खेल अक्टोबर ७ मा थाइल्याण्डसँग, चौथो खेल अक्टोबर ९ मा भुटानसँग ,पाँचौ खेल अक्टोबर १० चीनसँग र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ मा सिंगापुरसँग खेल्ने छ ।

यस उप क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनोट प्रतियोगिताका लागि छनोट हुने छन् । पूर्वी र पश्चिमी क्षेत्रको छनोटबाट छानिएका ३/३ देशले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । यसअघि नै एसिया “ए” उप–क्षेत्रबाट (पश्चिमी )युएई, कुवेत र कतार छनोट भैसकेका छन् । जसबाट उत्कृष्ट २ टिमले टि–२० बिश्वकपको ग्लोबल छनोट खेल्ने छन् ।
नेपाली टोली :
१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान )
३. अनिल कुमार साह
४.बसन्त रेग्मी
५.बिनोद भण्डारी
६.दिपेन्द्र सिंह ऐरी
७. करन केसी
८.ललित भण्डारी
९.ललितनारायण राजबंशी
१०.मोहमम्द आरिफ शेख
११.प्रदिप ऐरी
१२.सन्दीप लामिछाने
१३.शरद भेसावकर
१४. सोमपाल कामी
प्रशिक्षक : जगत टमाटा
ब्यबस्थापक : रमन शिवाकोटी
फिजियो : दिनेश भट्ट
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]