7 years ago
October 2, 2018
ढाका(एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको समुह चरणको अन्तिम खेलमा युएईले नेपाललाई २ सय ६९ रनको लक्ष्य दिएको छ । ओपनर फहद नवाज र अनिसले उत्कृष्ट शतकीय साझेदारी गरेपछि किबेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाउन सकेको हो ।
अनिस र नवाजले पहिलो विकेटका लागि १ सय ६७ बलमा १ सय ५९ रनको उत्कृष्ट शतकीए साझेदारी गर्दै युएईलाई विसाल योगफल तर्फ डोर्याएका थिए । यी दुईको साझेदारी २७ ओभर ३ बलमा नन्दन यादवले ब्रेक गर्दिए । यादवले २७ ओभर ३ बलमा रोहित कुमार पौडेलको हातबाट क्याच गराउँदैँ अनिसलाई ६७ रनमा पेभिलिएनको बाटो देखाए ।
अनिसले ८१ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए । यादवलेनै दोस्रो विकेटका रुपमा ९५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ८३ रन बनाई खेली रहेका नवाजलाई आउट गर्दिए । त्यस लगत्तै अर्को ओभरमा पवन सर्राफको बलमा सन्दीप जोराले क्याच लिदैँ मुहमम्द अलीलाई १६ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो ।
त्यसपछि युएईको नियमित विकेट पतन जारी रह्यो । कुनै समय ३२ ओभरमा १८०–३ को अवस्थामा रहेको युएई आक्रमक ब्याटिङ गर्न खोज्दा ४७ ओभरमा २४७– ८ को स्थितिमा पुग्यो । नवौँ विकेटका लागि मुहमम्द र कात्तिक पलानीएप्पन एम ले २० बलमा २१ रनको साझेदारी गर्दै युएईलाई २ सय ६८ रन सम्म पुर्याएका थिए ।
युएईका अन्य ब्याटम्यान ब्रान्डन एडम १८, सिड हैदर १२, मुहमम्द ए १८ र कात्तिक ११ रनमा नट आउट रहे । नेपालका लागि नन्दन यादव,पवन सर्राफ र रसिद खानले समान दुई विकेट लिदाँ सुर्य तामाङ र सागर ढकालले पनि एक एक विकेट लिए । नेपाल र युएईका लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ । यी दुबै टोली यस अघिनै समुह चरणबाटै बाहिरि सकेका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]