7 years ago
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आज आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगिता सुरु हुँदैछ । म्यानमारसँग खेल्दै नेपालले छनोटको यात्रा सुरु गर्दैछ । नेपाल र म्यानमारबीचको खेल आज दिउँसो १२ः१५ बजे बायोमास ओभर क्रिकेट मैदानमा सुरु हुने छ ।
नेपाल भन्दा तुलानात्मक रुपमा धरै कमजोर टोली म्यानमारसँग भिड्नु अघि नेपालको सोच फराकिलो अन्तरको जित,नयाँ कीर्तिमान र सुखद सुरुवात गर्ने हुने छ । यस अघि म्यानमारमाथि नेपालले दुर्लभ कीर्तिमान बनाएको छ । त्यो हो २ बलमा नै खेल जितेको ।
सन् २००६ मा एसिसि ट्रफीमा म्यानमार ११ रनमा नै अल आउट भएको थियो । जुन लक्ष्य नेपालले दुई बलमा पुरा गर्दै दुर्लभ कीर्तिमान बनाएको थियो । जुन रेकर्ड तोडिन असम्भव जस्तै छ । मलेसियामा नै एक महिना अघि खराब प्रर्दशन गर्दै एसिया कप छनोटमा चौथो भएको नेपालले क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमाएको थियो । त्यो खराब प्रदर्शनलाई भुल्दै यसपटक सुखद सुरुवात नेपाली टोलीको लक्ष्य हुनेछ ।

नेपालको विश्वकप यात्रा सुरु
२०२० मा अष्टेलियामा आयोजना हुने टि ट्वान्टी कपको लागि नेपालको यात्रा आजबाट सुरु भएको छ । उप–क्षेत्रिय छनोट खेल्दै विश्वकपको यात्रा सुर भएको हो । यो यात्रा विश्वकपमा परिणत हुन्छ वा बीचमै रोकिन्छ त्यो नेपालको प्रर्दशनमा भरपर्ने छ ।
प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया,चीन,थाइल्यान्ड,भुटान,सिंगापुर र म्यानमार रहेका छन् । यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन् । जस्मा पुर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।
पूर्वी क्षेत्र अहिले नेपाल खेली रहेको हो भने पश्चिम क्षेत्रबाट युएई,कतार र कुवेत छनोट भई सकेका छन् । क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउने छन् । ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहने छन् ।
यी १४ देश मध्य शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टि ट्वान्टी विश्व कप खेल्नेछन् । विभिन्न चरण पार गर्दै ग्लोबल छनोटमा नेपाल शीर्ष ६ भित्र पर्न सके दोस्रो पटक टी-२० विश्वकपको लागि टिकट पाउने छ । नेपाल यस अघि पहिलो पटक २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कप खेलेको थियो ।

संभावित ओपनिङ जोडी
सधै जसो कमजोर देखिने ब्याटिङ बलियो बनाउन नेपालले प्राय हरेक नयाँ प्रतियोगितामा ओपनिङ जोडी परिवर्तन गरि रहेको छ । परिवर्तन गरेपनि कुनै पनि जोडीले राम्रो साझेदारी गर्न भने सकेका छैनन् । यस प्रतियोगितामा पनि ओपनिङ जोडी परिवर्तन गर्ने सम्भावना छ । त्यस्तै एसिया कप छनोटमा सुवास खकुरेल र अनिल शाहले सुरुवात गरेका थिए ।
यस पटक सुवास टिममा छैनन् । उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङमा रन बनाउन सकि रहेका छैनन् । धेरैले ज्ञानेन्द्रलाई ओपनिङमा भन्दा वान डाउन ठिक हुने बताउँदै आएका छन् । डीपीएलमा तेस्रो नम्बरमा नै ब्याटिङ गर्दै ज्ञानेन्द्र सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।
यस पटक ओपनिङमा ३ बर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका प्रदीप ऐरी र अनिलले गर्ने संभावना छ । त्यस्तै पछिल्लो समय घरेलु टि ट्वान्टी क्रिकेटमा ओपनिङ गर्नै आएका विस्फोटक ब्याटिङ गर्ने विनोद भण्डारी र प्रदीपले ओपनिङल गर्ने सम्भावना पनि छ ।

सोमपाल कामी
उपाधिको प्रमुख दाबेदार
नेपालको लक्ष्य उप क्षेत्रिय छनोटको उपाधि जित्नु हो । नेपाललाई उपाधिको दाबेदारका रुपमा हेरिएको छ । शीर्ष ३ मा पर्नु नेपालका लागि कठिन नहुने अनुमान गरिएको छ । सहभागी टोली नेपाल भन्दा कमजोर मानिन्छन् । कतिपयले त नेपालले यसमा कीर्तिमान बनाउन सक्ने सम्भावना रहेको पनि बताएका छन् । यो छनोटमा प्रतियोगितामा नेपाल मात्र वान डे र टि ट्वान्टी मान्यता प्राप्त राष्ट्र हो ।
खेल तालिका
नेपालले दोस्रो खेल आयोजक मलेसियासँग अक्टोबर ६ मा खेल्ने छ । तेस्रो खेल अक्टोबर ७ मा थाइल्याण्डसँग, चौथो खेल अक्टोबर ९ मा भुटानसँग ,पाँचौ खेल अक्टोबर १० चीनसँग र छैठौँ तथा अन्तिम खेल अक्टोबर १२ मा सिंगापुरसँग खेल्ने छ ।
नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिल कुमार साह,बसन्त रेग्मी,बिनोद भण्डारी,दिपेन्द्र सिंह ऐरी,करन केसी,ललित भण्डारी ,ललितनारायण राजबंशी,मोहमम्द आरिफ शेख,प्रदिप ऐरी,सन्दीप लामिछाने,शरद भेसावकर,सोमपाल कामी
प्रशिक्षक : जगत टमाटा, व्यबस्थापक :रमन शिवाकोटी, फिजियो : दिनेश भट्ट
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]