7 years ago
October 4, 2018
एजेन्सी – हङकङका राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याटम्यान क्रिस कार्टरले २१ वर्षको उमेरमै क्रिकेटबाट सन्यास लिएका छन् ।

हङकङबाट ११ वान डे,१० टी–२० र १७ लिष्ट ‘ए ‘खेल खेली सकेका युवा क्रिकेटर कार्टरले आफु पाइलट बन्नको लागि सन्यास लिएको बताएका छन् । विश्व क्रिकेटको प्रतिष्ठित वेबसाइट क्रिकइन्फोका अनुसार कार्टर अब एडिलेड जानेछन् र दोस्रो श्रेणीका अधिकारी बन्नका लागि ५५ हप्ताको तालिम लिनेछन् ।
कार्टरले भनेका छन् – ‘मैले क्रिकेटका लागि पढाइ रोकेको थिएँ । तर मलाई पहिले देखि नै रुची पाइलट बन्नु थियो । अब पाइलट बन्नको लागि काम गर्ने बेला आएको छ । त्यसैले क्रिकेटबाट सन्यास लिएको हु’ । २१ बर्षीय युवा क्रिकेटर कार्टरले हङकङबाट वान डे क्रिकेटमा सन् २०१५ नोभेम्बर १६ युएई बीरुद्ध डेब्यू गरेका थिए ।

उनले वान डे क्रिकेटमा ९ खेलमा ब्याटिङ गर्दै कुल १ सय १४ रन बनाएका छन् । त्यस्तै टी–२० क्रिकेटमा ५ खेलमा ब्याटिङ गर्दै ५५ र लिष्ट ‘ए’ मा १५ खेलमा ब्याटिङ गर्ने मौका पाएका उनले कुल २ सय २१ रन बनाएका छन् । कार्टर केहि दिन अघि युएईमा जारी एसिया कपमा पनि टोलीमा परेका थिए ।
एसिया कपमा पाकिस्तानबीरुद्ध २ रन बनाएका उनले भारतबीरुद्ध ३ रन बटुल्न सकेका थिए । उनका लागि भारतसँगको खेल नै अन्तिम खेल पनि बनेको छ । उक्त प्रतियोगिताको छनोटमा कार्टरले नेपालविरुद्ध ८ रन जोडेका थिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]