7 years ago
October 4, 2018
एजेन्सी – इमरान ताहिरले ह्याट्रिक सहित एक्लै ६ विकेट र डेल स्टेनको उत्कृष्ट अलराउण्ड प्रर्दशनमा जिम्बावेविरुद्धको दोस्रो वान डे खेलमा साउथ अफ्रिका १ सय २० रनको फराकिलो अन्तरले विजयी भएको छ । दोस्रो वान डे विजयी भएसँगै अफ्रिका ३ वान डेको शृंखला एक खेल अगाडीनै २ -० ले जितेको छ ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पक्ष्याएको जिम्बावेले २४ ओभरमा अल आउट हुँदै मात्र ७८ रन बनाउन सक्यो । उस्का लागि कप्तान ह्यामिल्टन मासाकाड्जाले २७,डोनाल्ड तिरिपानो १२ र ब्यान्डम टेलर ले १० रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहारो अंकमा रन जोड्न सकेनन् ।
अफ्रिकाकालागि इमरान ताहिरले ह्याट्रिकसहित ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ६ विकेट लिए । त्यस्तै स्टेनले पनि दुई विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अफ्रिकाले ४७ ओभर ३ बलमा अल आउट हुँदै १ सय ९८ रन बनाएको थियो । अफ्रिकाको लागि डेल स्टेनले ८५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६० रन बनाएका थिए । त्यस्तै एडेन मार्क्रमले ३५, खया जोन्डो २१, क्रिस्टियान जोकर २५ र एन्डिल फेहेलुकवेओले २८ रन बनाए ।
जिम्बावेका लागि तेन्दाई चतुरा ३,काइल जार्विस, डोनाल्ड तिरिपानो र ब्रेन्डन मावुताले समान दुइ विकेट लिए । तेस्रो वान डे खेल शनिबार हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]