7 years ago
October 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आगामी शुक्रबारदेखि पोखरा प्रिमियर लिग (पीपीएल) सुरु हुँदैछ । सहभागी ६ टोलीले केहि साताअघि नै अक्सनमार्फत आफ्नो टोली निर्माण गरिसकेका छन् ।

अब सबै टोलीले अक्सनबाट बनेको टोलीमा दुई स्थानीय र दुई विदेशी खेलाडी थप्न पाउने प्रावधान छ । अक्सनमा सबै टोलीले कम्तिमा १० खेलाडी छानेका छन् । चितवन राइनोज र हुलास काठमाडौं रोयल्सले १०-१० खेलाडी छनोट गर्दा पोखरा पल्टनले ११ र विराटनगर टाइटन्सले १२ खेलाडी चुन्यो । एक्स्पर्ट धनगढी ब्लुज र बुटवल ब्लास्टर्सले १३-१३ खेलाडीलाई आफ्नो टोलीमा सम्मिलित गरेका छन् ।
अक्सनमा आफूले अनुबन्धन गर्ने विदेशी खेलाडीलाई आधार मनाएर टोलीहरुले खेलाडी छनोट गरेका छन् । कागजी रुपमा हेर्दा चितवन राइनोज र पोखरा पल्टनको टोली बलियो छ । तर विगतमा आयोजित फ्रेन्चाइज लिग हेर्ने हो भने यस्ता प्रतियोगिताले केहि नयाँ प्रतिभालाई उदाउने प्लाटफर्म प्रदान गर्छ । सबै टोलीको हालसम्म समीकरण हेर्दा केहि यस्ता खेलाडी छन् जसले आफ्नो प्रभाव जमाउन सक्छन ।
सागर ढकाल (एक्स्पर्ट धनगढी ब्लुज)

सागर ढकाल घरेलु क्रिकेटमा उदाउँदा प्रतिभा हुन् । ग्रेट हिमालयन क्रिकेट एकेडेमीका खेलाडी सागर हाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीका पनि सदस्य हुन् । स्थानीय प्रतियोगिताहरुमा उच्च प्रदर्शन गर्दै लगातार विकेटको सुचिमा आफ्नो नाम राख्न सफल सागरलाई अक्सनमा धनगढीले १ लाख ३० हजारमा खरिद गरेको हो ।
अक्सनमा अन्य टोलीले पनि उनीमाथि बोली लगाएका थिए । तर धनगढीले अपेक्षा गरीभन्दा पनि बढी रकम तिरेर उनलाई टोलीमा सामेल गरेको छ । धनगढीको टोलीमा मुख्य स्पिनरका रुपमा सागर नै छन् । टोलीले उनीमाथि धेरै विश्वास गरेको छ । अर्का स्पिनर रोबिन क्षेत्री छन् भने मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी पनि पार्ट टाइम स्पिनर नै हुन् ।
भीम सार्की (बुटवल ब्लास्टर्स)

मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने क्षमता देखाएका भीमलाई टोलीमा समेट्न बुटवल ब्लास्टर्सले १ लाख ५० हजार खर्चियो । पोखराले पनि अक्सनमा अधिकतम १ लाख ५० हजार बोली लगाएपछि गोलाप्रथामा बुटवल भाग्यमानी भएको थियो । भीमले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन् । धनगढी प्रिमियर लिगमा कुनै टोलीमा पनि खरिद नगरेको भीममाथि यसपटक भने अधिकतम बोली लाग्यो ।
प्रधानमन्त्री कपमा आर्मीको लागि उत्कृष्ट ब्याटिङ गरेका भीमले यू-१९ उमेर समूहमा पनि राष्ट्रिय टोलीका लागि औसत प्रदर्शन गरे । उनको ब्याटिङ त आकर्षक र आक्रामक छ नै उनको फिल्डीङ पनि उत्तिकै राम्रो छ । घरेलु क्रिकेटमा उनी ‘जोन्टी’ नामले परिचित छन् । दक्षिण अफ्रिकाका नामुद फिल्डर जोन्टी रोड्सलाई आधार मान्दै उनको नाम रहन गएको हो । पोखराको मध्यक्रममा उनले सिद्धान्त लोहनी र मार्की खेलाडी सोमपालसँग आक्रामक ब्याटिङ गर्ने अपेक्षा हुनेछ ।
रसिद खान (पोखरा पल्टन)

तीव्र गतिका युवा बलर रसिद खानले घरेलु क्रिकेटमा छोटो समयमै आफ्नो पहिचान बनाइसकेका छन् । अघिल्लो वर्ष यू-१९ राष्ट्रिय टोलीमा परेका उनले त्यसयता फ्रेन्चाइज क्रिकेट लिगमा पनि राम्रो प्रभाव जमाए । उनको प्रदर्शन देखेर पोखराले रसिदलाई टोलीमा समेट्न ७० हजार रुपैयाँ खर्चन पर्यो । उनले एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सका लागि डेथ ओभरमा गरेको बलिङ प्रशंसनीय थियो ।
पछिल्लो समय राष्ट्रिय टोलीमा नेट बलरका रुपमा समेत बोलाइएका रसिदले यसपटक पोखराको बलिङ आक्रमणमा महत्त्वपूर्ण भूमिका पाउने सम्भावना छ । महबुब आलम र कृष्ण कार्कीजस्ता बलरको अनुभवले उनलाई थप सहयोग पुग्नेछ । शरद भेषावकरले युवा प्रतिभालाई उचित ढंगले प्रयोग गरेको उदाहारण प्रशस्त छन् । रसिद उक्त सुचिमा अर्का एक उदाउँदा प्रतिभा बन्न सक्छन् ।
पृथु बास्कोटा (काठमाडौं रोयल्स)

एक समय नेपालको मध्यक्रमको ब्याटिङको भविष्यको रुपमा हेरिएका पृथुको करिअरलाई चोटले अगाडी बढ्न दिएन । पछिल्लो समय व्यक्तिगत कारणले गर्दा फिट हुँदाहुँदै पनि पृथु क्रिकेटबाट टाढा रहनुपर्यो । यसपटक काठमाडौंको टोलीले पृथुलाई टोलीमा समेट्न १ लाख २० हजार रुपैयाँ खर्चियो । कप्तान ज्ञानेन्द्र मल्लले निकै विश्वास गरेका खेलाडी हुन् पृथु ।
बेलाबेलामा उनको अफ स्पिन बलिङ पनि टोलीलाई काम लाग्न सक्नेछ । तर उनको मुख्य भूमिका भनेको मध्यक्रम ब्याटिङलाई सम्हाल्नु हुनेछ । पृथुका लागि अहिले राष्ट्रिय टोलीमा फर्कने सम्भावना एकदम न्यून छ । तर उनले घरेलु क्रिकेटमा राम्रो छाप बसाएर त्यहाँसम्म यात्रा तय गर्न सक्नेछन् । उनले आफ्नो स्तर यसअघि पनि देखाएका छन् । यसपटक ज्ञानेन्द्र मल्ल र अमरसिंह राउटेलासँग मिलेर पृथुले काठमाडौंको मध्यक्रम सम्हाल्नेछन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]